हङकङकी स्वास्थ्यमन्त्री भन्छिन्ः ट्रेस गर्न नसकिएको कोरोना खतरनाक, लकडाउन हुनसक्छ

हङकङकी स्वास्थ्यमन्त्री भन्छिन्ः ट्रेस गर्न नसकिएको कोरोना खतरनाक, लकडाउन हुनसक्छ

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ११:५८,

विश्वमा अहिले बेलायती, दक्षिण अफ्रिकी, ब्राजिलिएन साथै भारतीय भेरियन्ट अर्थात् नयाँ प्रकारका कोरोनाका कारण तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ।

चानका अनुसार नयाँ भेरियन्टहरु हङकङमा सुक्ष्म रुपमा फैलिरहेको हुनसक्छ। यदी त्यस्तो भएको पाइएमा कोरोनाविरुद्धको नियमहरु कडा रुपमा लागू गर्न सरकार बाध्य हुने उनको भनाइ छ।

उनले लकडाउन नै गर्नुपर्ने अवस्था आउने पनि संकेत गरेकी छिन्।

चानले नयाँ प्रकारको भाइरसका कारण चिन्ता व्यक्ति गरिरहँदा हङकङको अवस्था भने त्यति जटिल छैन।

हङकङ अन्य क्षेत्र र देशभन्दा सुरक्षित देखिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङमा आइतबार स्थानीयस्तरबाट कोरोना फैलिएको छैन।

हङकङमा आइतबार एक मात्र संक्रमित थपिएको छ। यसको अर्थ यहाँ कोरोनाको प्रभाव अत्यन्तै न्युन छ।

हङकङमा कोरोना भाइरसविरुद्धको खोप अभियान पनि जारी छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .