हङकङमा निशुल्क प्राप्त गरिएको कोरोना परीक्षण किट अनलाइन विक्री गरिएको पाइयो

हङकङमा निशुल्क प्राप्त गरिएको कोरोना परीक्षण किट अनलाइन विक्री गरिएको पाइयो

नेपालखबर
बैशाख २५, २०७८ शनिबार १२:३०,

प्रहरीले सरकारबाट निशुल्क प्राप्त गरिएको कोरोना परीक्षण किट अनलाइनमा विक्री गरिएको पाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सरकारले निशुल्क वितरण गरेको कोरोना परीक्षण किटलाई ५५ वर्षका एक व्यक्तिले प्रति किट २५ देखि ५० हङकङ डलरमा विक्री गरेको पाइएको हो।

ती व्यक्तिले सरकारले प्रदान गरेको किटबाट ३ हजार हङकङ डलर कमाएका थिए। उनको साथबाट प्रहरीले ५३ त्यस्ता प्रयोन नगरिएको किट पनि फेला पारेको बताइएको छ।

हाल उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

निशुल्क सामग्रीलाई आफ्नो स्वामित्वमा लिएर विक्री गरिनु अपराध भएको प्रहरीको भनाइ छ।

यसैबीच हङकङमा शनिबार ५ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ११ हजार ८०७ पुगेको छ।

यहाँ २१० कोरोना सांक्रमितको मृत्यु भइसक्दा ११ हजार ४८६ कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .