हङकङमा सन् २०१९ का चार प्रदर्शनकारीलाई ५६ महिनासम्म जेल हुने

हङकङमा सन् २०१९ का चार प्रदर्शनकारीलाई ५६ महिनासम्म जेल हुने

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १२:५२,

बुधबार हङकङको एक डिस्ट्रिक्ट अदालतले ४० वर्षका ज्यानिटर चान हाङ, २१ वर्षका चान काम–कोक, २७ वर्षका जि चुन म्यान र २४ वर्षका कोक सु–कामलाई जेल हुने बताइएको हो।

ज्यानिटर चानलाई सबैभन्दा बढी ५१ महिना जेल सजाय हुने बताइएको छ। उनी सन् २०१९ को अक्टोबर १ मा स्युन वानमा भएको प्रदर्शनमा प्रत्यक्ष रुपमा संलग्न भएका थिए।

उनले त्यहाँ प्रहरीमाथि आक्रमण गरेका थिएभने ब्यानर जलाएका थिए।

यस्तै अन्य तीन जना हिंस्रक गतिविधिमा संलग्न नभएता पनि अपराधको साँक्षी भएको र अवैध प्रदर्शनमा भाग लिएकाले उनीहरुलाई पनि सजाय हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सन् २०१९ मा हङकङका नागरिकले सुपुर्दगी विधेयकको चर्को विरोध गरेका थिए। उक्त विधेयकअनुसार हङकङका अपराधीलाई चीनमा लैजान सकिने व्यवस्था थियो।

तर चीनबाट हङकङको स्वतन्त्रता खोसिने भन्दै प्रदर्शनकारीले ७ महिनासम्म हङकङ प्रशासनसँगै मुख्य क्षेत्र चीनको विरोध जनाएका थिए।

त्यसबेला चीनका झण्डाहरु जलाइएका थिए। तर गतवर्ष मात्र चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून पारित गरिसकेको छ।

कानुनअनुसार हङकङमा चीन विरोधी गतिविधि गर्न पाइने छैन। यही कानुन अनुसार यतिबेला हङकङका प्रहरीले सन् २०१९ का प्रदर्शनकारीलाई गिरफ्तार गरिरहेका हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .