hongkong


हङकङमा जिम गर्दागर्दै बारबेलले छातीमा लाग्दा एकको मृत्यु

(फाइलः तस्बिर)


नेपालखबर
हङकङ, बैशाख २०

हङकङमा एक व्यक्तिको मंगलबार बिहानै जिमखानामा मृत्यु भएको छ।

सिउङ सुईको फिटनेस सेन्टरमा ४१ वर्षका वोङ थर भएका मानिसको चेस्ट वेट–ट्रेनिङ गर्ने क्रममा बारबेल छातीमा खसेर मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

मंगलबार बिहानै साढे ६ बजे तिन पिङ सपिङ सेन्टरको २४/७ फिटनेस सेन्टरमा यो घटना भएको हो।

प्रहरीका अनुसार छातीको एक्सरसाइस एक्लै गर्ने क्रममा यो दुर्घटना भएको थियो।

बारबेल उठाउन नसकेपछि त्यसले थिचेर उनी सुरुमा अचेत बनेको बताइएको छ।

जिम गर्ने व्यक्तिहरुले वोङलाई अचेत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बैशाख २०, २०७८, सोमबार
Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors