हङकङका बेरोजगारलाई ८० हजार डलरसम्म अति न्यून ब्याजमा ऋण दिइने

हङकङका बेरोजगारलाई ८० हजार डलरसम्म अति न्यून ब्याजमा ऋण दिइने

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १२:३८,

रोजगारको समस्या उच्च भएपछि बेरोजगार युवाहरुको लागि हङकङ सरकारले कम ब्याजमा ऋण दिने सुविधा ल्याएको छ।

हङकङको इतिहासमै सबैभन्दा कम ब्याजमा ऋण दिइन लागिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सरकारी व्यवस्थाअनुसार हङकङमा १८ वर्षमाथिका युवाहरु जोसँग हङकङको स्थायी कागजात छ उनीहरुलाई सरकारले ८० हजार हङकङ डलरसम्म ऋण दिनेछ।

‘कोरोना प्रकोपले शहरको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ’ हङकङका अर्थमन्त्री पल चान मो–पोले मंगलबार भनेका छन्,‘नयाँ योजनाले युवाहरुको आर्थिक समस्या र तत्कालको दुःखलाई अन्त्य गर्नेछ।’

अधिकारीहरुका अनुसार ऋण लिनेहरुले ६ वर्षसम्ममा उक्त ऋण तिर्नुपर्ने हुन्छ। हरेक वर्ष लिएको ऋणको एक प्रतिशत ब्याज मात्र तिर्नुपर्नेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .