स्वतन्त्र हङकङका पक्षधर यात–सनलाई १२ वर्षको जेल सजाय

स्वतन्त्र हङकङका पक्षधर यात–सनलाई १२ वर्षको जेल सजाय

नेपालखबर
बैशाख ११, २०७८ शनिबार १३:७,

हङकङको सुरक्षा कानुन अन्तर्गत यति कडा सजाय पाउने यात–सन पहिलो व्यक्ति हुन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यात–सनले सन् २०१९ मा सरकारविरुद्ध देशव्यापी आन्दोलन हुँदा विस्फोटक पदार्थहरु बनाउने गरेका थिए।

विभिन्न स्थानमा उनैले बम बिस्फोट गराएको अदालतको ठहर छ। उनले हङकङका नागरिकमा डर उत्पन्न गराएको र देशविरुद्ध युद्ध निम्त्याउने कार्य गरेको आरोप लगाइएको छ।

उच्च अदालतका न्यायाधिशले यात–सनको अपराधलाई सन् १९९७ को घटनासँग मिल्दोजुल्दो भएको बताएका छन्।

त्यसबेला गुन्डा नाइके यिप काई–फुनको साथबाट दुई केजी विस्फोटक पदार्थ ट्रिनिट्रोटोलुन बरामद भएको थियो।

प्रहरीले यात–सनबाट भने १ केजी ट्रियासेन टोन ट्रिपरअक्साइड भन्ने विस्फोटक पदार्थ बरामद गरेका थिए।

हङकङमा सन् २०१९ मा सुपुर्दगी विधेयकको विरोध गर्दै देशव्यापी आन्दोलन सुरुवात भएको थियो।

विधेयकका कानुन बनेको खण्डमा हङकङका अपराधीलाई मुख्यक्षेत्र चीन लान सकिन्थ्यो। तर त्यहाँका नागरिकले हङकङको स्वतन्त्रता गुम्नेभन्दै चीनको विरोध गरेका थिए।

चिनियाँ झण्डा जलाइएको थियो भने स्वतन्त्र हङकङका नारा लगाइएको थियो। तर सन् २०२० मा चीनले हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएको छ।

यो कानुनअनुसार चिनिया झण्डा, चीन सरकार र चीनको राष्ट्रिय गानलाई अबहेलना गरिए त्यस्ता मानिसलाई अपराधी करार गरिनेछ।

यतिबेला यही कानुनअनुसार सन् २०१९ मा ठूला अपराधमा संलग्न भएका मानिसलाई हङकङले नियन्त्रणमा लिइरहँदा धेरै मानिसहरु पक्राउ परिरहेका हुन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .