हङकङका फुटबल प्रशिक्षकले महिला रेफ्रीलाई पुरुष खेलमा नराखौं भनेपछि भयो विरोध

हङकङका फुटबल प्रशिक्षकले महिला रेफ्रीलाई पुरुष खेलमा नराखौं भनेपछि भयो विरोध

नेपालखबर
चैत ९, २०७७ सोमबार ११:३१,

उनले महिला रेफ्रीले पुरुष सरह दौडन नसक्ने भएकाले उनीहरुलाई पुरुषका खेलहरुमा खटाउन नहुने धारणा हुन्।

यससँगै उनको सामाजिक सन्जालमा चर्को विरोध भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

अहिले हङकङमा हङकङ प्रिमियर लिग चलिरहेको छ। यो पुरुष फुटबल प्रतियोगितामा एक महिला रेफ्री पनि खटेकी छिन्।

रेफ्री गिगी ल बिक–ची हङकङको इतिहासमै पुरुष फुटबलमा खटेकी पहिलो महिला रेफ्री हुन्।

ह्याप्पी भ्याली आइतबारको खेलमा तिन सुई वाई गेगासससँग युन लङ स्टेडियममा १–० ले पराजित भएको थियो।

खेलपछि क्लबका प्रशिक्षक पाउ क्या–यिउले महिला रेफ्रीले खेलभर दौडन सक्ने क्षमता नराखेको दाबी गरेका हुन्।

उनले आफू महिलाप्रति नकरात्मक नभएको बताउँदै खेलमा महिला रेफ्री गिगी ल बिक–ची दौडन नसकेको सबैले देखेको उनको भनाइ थियो।

उनले बाँकी खेलमा महिला रेफ्रीलाई नखटाउन हङकङ फुटबल संघसँग आग्रह समेत गरेका छन्।

हङकङको फुटबल संघले यस विषयमा प्रतिक्रिया जनाएको छैन। यद्यपी प्रशिक्षक क्या–यिउले महिलाको अपमान हुनेगरी टिप्पणी गरेको भनेर सामाजिक संजालमा उनको आलोचना भइरहेको छ।

रेफ्री गिगी ल बिक–चीले सन् २०१३ मा फिफाबाट रेफ्रीको अनुमति पाएकी थिइन् भने सन् २०१८ देखि उनले पुरुष फुटबलमा रेफ्रीको भूमिका निर्वाह गर्ने अनुमति पाएकी थिइन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .