सिम सा सुइस्थित के११ म्युजिया सपिङ सेन्टरको रेस्टुरेन्टको एक कर्मचारीबाट धेरैमा कोरोनाको संक्रमण भएको देखिएपछि यतिबेला उक्त सपिङ सेन्टरका सबै कर्मचारीको कोरोना परीक्षण पनि गरिने भएको छ
शनिबार थपिएका ३३ मध्ये धेरै यसै सपिङ सेन्टरसँग सम्बन्धित रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यस्तै फेब्रअरी १९ यता सो सपिङ सेन्टरमा जाने सबैलाई हङकङको सरुवा रोग केन्द्रका डाक्टर चुआङ सुक–क्वानले कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन्।
शनिबार थपिएका संक्रमितमध्ये दुई विदेशबाट फर्किएका व्यक्ति थिए।
भारत र फिलिपिन्सबाट फर्किएका एक–एक जनामा कोरोना देखिएको बताइएको छ।
यससँगै हङकङमा कोरोना संक्रमितको कुल संख्या १० हजार ९८३ पुगेको छ। हालसम्म यहाँ कोरोनाले १९८ जनाको ज्यान लिइसकेको छ।
3
Shares
प्रतिक्रिया