यसैहप्ताको अन्तिमदेखि हङकङमा खोप कार्यक्रम सुरु हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
खोप कार्यक्रमका लागि नाम दर्ता गराउने अवधि सुरुवात हुन एक दिन अगावै लामले खोप लगाएकी हुन्।
खोप लगाएसँगै उनले कोरोनाको खोप लगाउन पाउँदा खुशी र उत्साहित भएको बताएकी छिन्।
उनले हङकङका सबैलाई खोप लगाउन आग्रह गरेकी छिन्। उनले भनेकी छिन्,‘खोप कार्यक्रम हालको महामारीबाट छुट्कारा पाउने अवसर हो।’
चीनको सिनोभ्याक कम्पनीको खोप उनले लगाएकी हुन्।
यसैबीच हङकङमा सोमबार १६ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ कुल संक्रमितको संख्या १० हजार ८८५ पुगेको छ।
यहाँ हालसम्म १९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
प्रतिक्रिया