हङकङमा कार्टुन संकलन गरेर जिविकोपार्जन गर्ने वृद्धाको ट्रकको ठक्करबाट मृत्यु

हङकङमा कार्टुन संकलन गरेर जिविकोपार्जन गर्ने वृद्धाको ट्रकको ठक्करबाट मृत्यु

नेपालखबर
माघ २६, २०७७ सोमबार ११:४७,

आइतबार बिहानै सा तिन भन्ने स्थानको सा कोक स्ट्रिटमा ८६ वर्षकी वृद्धालाई ट्रकले ठक्कर दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएका छन्।

ट्रक चालक ३८ वर्षका व्यक्ति भएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको छ।

ती महिला घटनास्थल नजिकैको हाउजिङ इस्टेटमा एक्लै बस्थिन्।

स्थानीयकाअनुसार उनी सँधै कार्टुन संकलन गरेको देखिन्थिन्। हङकङमा गत महिनामात्र तीनपटक सडक दुर्घटना भएको थियो।

सन् २०१८ मा कार्टुन संकलन गरेर जिविकोपार्जन गर्ने पाँच सय वृद्धाको अध्ययन गरिएको थियो। त्यसबेला सो पेशाका चार प्रतिशत वृद्धा सडक दुर्घटनामा परेको देखिएको थियो। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .