बिहीबार राति साढे ८ बजे यु लङको काउ युक रोडमा एउटा पुरुषले चलाएको डेलिभेरी भ्यानलाई ठक्कर दिएकी महिलाले कार रोक्नै मानिनन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार सार्वजनिक भिडिओमा महिला कार चालकले भ्यानलाई ठक्कर दिएपछि कार रोक्नै मान्दिनन्।
बरु कार रोक्न खोज्ने भ्यानका चालकलाई उल्टै उनी ठक्कर दिन खोज्छिन्। जति रोक्ने प्रयास गरेपनि ती पुरुष कार रोक्न असफल हुन्छन्।
भिडिओमा देखिएअनुसार जब उनी कारलाई रोक्न खोज्छन् महिलाले कार अगाडि भएका उनलाई कारले घिसारेर परसम्म पुर्याइदिन्छिन्।
प्रहरीका अनुसार सय मिटरसम्म ती महिलाले पुरुषलाई कारले घिसारेका थिए। ती पुरुष कारमा खुट्टा नउचाली झुन्डिएको भए उनको ज्यानै पनि जानसक्थ्यो।
त्यस घटनापछि उनी भाग्न सफल त हुन्छिन्। तर त्यसको सात मिनेटपछिनै उनले अर्को बसलाई पनि ठक्कर दिएको प्रहरीको भनाइ छ।
बसलाई ठक्कर दिएपछि भने महिलाको कार पल्टिएको थियो। यस घटनामा उनी समान्य मात्र घाइते भएकी थिइन्।
यस घटनाको भिडिओ भाइरल भएपछि उनी आफैं शुक्रबार मध्यान्न सिउङ सुई प्रहरी स्टेसनमा पुगेको बताइएको छ।
हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ।
(भिडिओ)
— SCMP Hong Kong (@SCMPHongKong) February 5, 2021A hit-and-run motorist was filmed speeding away with a man clinging to the bonnet of her vehicle pic.twitter.com/mTmXi87p91

प्रतिक्रिया