‘हङकङको सामाजिक परिवेशलाई असर गर्ने शक्तिविरुद्ध प्रहरी डटेर लाग्छ’

‘हङकङको सामाजिक परिवेशलाई असर गर्ने शक्तिविरुद्ध प्रहरी डटेर लाग्छ’

नेपालखबर
साउन २१, २०७६ मंगलबार ८:५,

हङकङमा सुपुर्दगी विधेयकविरुद्ध प्रदर्शन भइरहेको हो। उक्त विधेयक संसदबाट पास भए हङकङ सरकारले आरोपित व्यक्तिहरुलाई चीनमा अनुसन्धानका लागि पठाउनसक्ने प्रावधान छ।

यस्तो अवस्थामा हङकङको स्वतन्त्रता गुम्ने खतरा भएकाले सरकारविरुद्ध आन्दोलन चर्काएको प्रदर्शनकारीहरुको भनाइ छ। हङकङ सरकारले भने त्यस्तो कुनै खतरा नभएको बताउँदै आएको छ।

प्रदर्शनका कारण यतिबेला विधेयकमाथिको छलफल रोकिएको छ। केही समय अगाडि चीनका जनमुक्ति सेना हङकङमा तैनाथ हुने भन्ने खबर बाहिरिएपछि प्रदर्शन झनै हिंसात्मक बन्दै गएका छन्।

प्रहरी र प्रदर्शनकारीबीच झडपहुँदा संयौ प्रदर्शनकारी तथा प्रहरी घाइते भएका छन्। मंगलबार हङकङमा यसै विषयमा केन्द्रित भएर चीनको हङकङ तथा मकाउ कार्यलयले पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता याङ गुवाङले गत जुन ९ बाट जारी पदर्शनले हङकङको स्थायित्व तथा सामाजिक परिवेशलाई असर गर्ने शक्तिविरुद्ध प्रहरी डटेर लाग्ने बताए।

गुवाङले भने,‘सरकार विरोधी प्रदर्शनले आर्थिक कारोबारमा ठूलो असर पुगेको छ। मानिसहरु काममा जान पाएका छैनन्। विमनस्थलहरुका उडान प्रभावित भएका छन्।’

याङ गुवाङ

सोमबारमात्र हङकङमा २५० भन्दा बढी उडान अवरुद्ध भएको थियो। अन्तर्राष्ट्रिय संस्थाहरुले समेत हङकङको प्रदर्शनले त्यहाँको अर्थतन्त्रमा ह्रास आएका खबरहरु सार्वजनिक गरेका छन्।

गुवाङका अनुसार पृथकतावादी शक्तिले हङकङका नागरिकको मानसिकतालाई परिवर्तन गरिदिएको छ जसका कारण उनीहरु हिंसात्मक गतिविधिमा लागेका छन्।

उनी भन्छन्,‘दुई महिना अगाडिदेखिको प्रदर्शनले ठूलो क्षति पुर्याएको छ। अब के त। यो सोच्नुपर्ने कुरा भएको छ। प्रदर्शन र हिंसामा लाग्नेहरुले पनि सोच्नुपर्छ, किन प्रदर्शन भइरहेको छ। यो अर्थहिन छ।’ गुवाङका अनुसार प्रदर्शनले हङकङलाई भलो गर्नेछैन। यो प्रदर्शन हुनुमा विदेशी शक्तिसमेत सक्रिय भएको उनको आरोप रहेको छ।

उनले भने,‘ हङकङको एकतालाई अवमूल्यन नगरौं। प्रदर्शनले हङकङ असामान्य अवस्थामा पुगेको छ। चीनको झण्डाहरु जलाइएका छन्। यसले एक देश दुई प्रणालीको मान्यतालाई खलल पुर्याएको छ। हङकङका नागरिकले केन्द्र सरकारको मूल्य र मान्यतालाई पछ्याउनुपर्छ।’

प्रदर्शनकारीको चीनविरोधी नाराले देशको सार्वभौमिकतामाथि चुनौती थपिएको उनले बताएका छन्। एक देश दुई प्रणालीमाथि नै प्रश्न चिन्ह उठाउने कार्य तथा चुनौती दिने कार्यलाई केन्द्र सरकारले स्वीकार नगर्ने प्रवक्ता गुवाङको भनाइरहेको छ।

(भिडियाे)

 उनले भने,‘हङकङको मूल्य मान्यता र सामाजिक स्थिरतामाथि खलल पुग्ने कार्य केन्द्र सरकारले स्वीकार गर्दैन।’

प्रहरीले स्थायित्वको लागि कार्य गर्ने बताउँदै गुवाङले भने,‘विधिको शासन सबैले मान्नुपर्दछ। हङकङका नागरिकले पनि विधिको शासन पालना गर्नपर्दछ।’ जारी प्रदर्शनलाई इंकितगर्दै उनी भन्छन्,‘यदी अपराध बढ्छ भने प्रहरीको काम हो त्यसलाई नियन्त्रण गर्ने। यस्ता कार्यमा कसैलाई छुट हुँदैन। किनभने अपराध अपराध हो। प्रहरीले अपराधलाई नियन्त्रण गर्न बल प्रयोग गर्छ।’

उनले विदेशी शक्ति र हङकङमा रहेका पृथकतावदी शक्तिले हङकङ र चीनको शान्ति र सुव्यवस्थामा हस्तक्षेप गरिरहेको अरोप लगाए। हङकङका नागरिक भड्काएर प्रदर्शनमा उत्रँन बाध्य बनाएको उनको आरोप रहेको छ। त्यो कार्य स्वीकार्य नभएको गुवाङको ठहर छ।

प्रदर्शनकारीले हङकङकी कार्यकारी प्रमुख क्यारी लामको राजीनामा माग गरिरहेका छन्। जारी हिंसात्मक गतिविधिका कारण हङकङ असामान्य अवस्थामा पुगेकाले कार्यकारी प्रमुख क्यारी लामले यसबेला राजनामा नदिने गरेको निर्णय स्वागतयोग्य भएको समेत उनले बताएका छन्।

Image result for carrie lam

क्यारी लाम

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .