हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८२ जना पक्राउ

हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८२ जना पक्राउ

मगेन्द्र राई
साउन २०, २०७६ सोमबार १०:६,

सुपुर्दगी विधेयकविरुद्धको हङकङमा सोमबार भएको आम हडतालका क्रममा प्रहरी र आन्दोलनकारीबीच झपड भएको छ।

सोमबार बिहान तिनशुई वाईमा भएको प्रदर्शनमा झडप भएको हो। प्रहरीले ८२ प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने भिडलाई नियन्त्रणमा लिनका लागि अश्रुग्यास समेत प्रहर गरेको छ। झपडपछि उक्त सोमबार बिहान तिनशुई वाईमा भएको प्रदर्शनमा झडप भएको हो। प्रहरीले ८२ प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने भिडलाई नियन्त्रणमा लिनका लागि दर्जनौँ सेल अश्रुग्यास समेत प्रहर गरेको छ। झपडपछि उक्त स्थानको अवस्था अहिले पनि तनावपूर्ण छ।

हङकङ बासिन्दा भनेर आह्वान गरिएको सहरब्यापी आम हडताललाई प्रजातान्त्रिकवादीहरुको समर्थन रहेको छ। हडताल सोमबार १ बजे एडमिराल्टीको तामार पार्क, सेन्ट्रल, वान चाई, सातिन टाउन हल प्लाजा, चुन मुन पार्क, चुनवान पार्क, वोङ ताईसिन स्क्वायर, मोङ कक, र ताई पो मा एकै साथ विशाल जुलुस निकालिएको छ। यीमध्ये धेरै क्षेत्रमा प्रहरी र प्रदर्शनकारीहरुबीच व्यापक झपड भइरहेको छ।

प्रदर्शनकारीहरूले एड्मिराल्टी हार्कोर्ट रोड, मङ्कोक नाथन रोड र लुङ चुंग रोडमा नाकाबन्दी गरेका छ्न् भने पुलिसले धेरै स्थानमा प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेका छन्।

आन्दोलनकारीहरुले सोमबार बिहानबाटै यातायात अवरोध गरेका छन् भने सोमबार दिउँसो पूर्ण–असहयोग आन्दोलन शुरू गरेका छन्। सहरव्यापी हडतालका क्रममा शहरको सात स्थानमा एकै पटक जुलुस गर्ने योजना रहेको प्रदर्शनकारीले बताएका छन्।

उनीहरूले एडमिरल्टी, चुन वान र शा तिनलगायतका सहरहरुमा शान्तिपूर्ण धर्ना दिने योजना बनाएका र सरकारी कर्मचारीहरुलाई हडतालमा सहभागी हुन आह्वान गर्दै सरकारी कार्यालयहरुमा विरोध प्रदर्शन गर्ने योजना रहेको बताएक छन्।

यसैबीच प्रमुख कार्यकारी क्यारी लामले दुई हप्तापछि पहिलो पटक सम्बोधन गरेका छन्। उनले प्रदर्शनकारीको मागलाई खारेज गर्दै प्रदर्शन र अबरोधले ‘एक देश, दुई प्रणाली’ को सिद्धान्तलाई चुनौती दिइरहेको आरोप लगाएकी छन्।

गत जून बाट चरणबद्ध आन्दोलनको क्रममा ५ सयभन्दा बढी प्रदर्शनकारीहरु पक्राउ परेका छन् भने प्रहरीले १००० भन्दा बढी सेल अश्रुग्यास प्रयोग गरिसकेको छ।

अहिले पनि प्रदर्शन जारी रहेको छ। सोमबार साझसम्म झपड हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .