hongkong


हङकङमा आफ्नै छोरीमाथि यौन हिंसा गर्ने पितालाई १६ वर्षको जेल सजाय

प्रतिकात्मक तस्बीर: यौन हिंसा


नेपालखबर
हङकङ, जेठ १८

हङकङमा आफ्नै छोरीमाथि यौन हिंसा गर्ने एक अपराधी पितालाई १६ वर्षको जेल सजाय दिइएको छ।

५१ वर्षीय ती व्यक्तिले एक दशकको अवधिमा आफ्नी छोरीमाथि १२ पटक यौन हिंसा गरेको हङकङ प्रहरीले जनाएको छ। उनले ६ पटक बलात्कार समेत गरेको बताइएको छ।

सन् २००९ देखि २०१८ सम्म ती व्यक्तिले छोरीमाथि यौन दुव्र्यवहार गरेको अदालतले पुष्टि गरेको हो।

९ देखि १७ वर्षसम्म किशोरीमाथि कुकर्म हुँदासमेत त्रासका कारण उनले आफ्ना पिताको कर्तुत बाहिर भनिनन्।

jighcourt

हङकङ उच्च अदालतका न्यायाधीश एन्थोनी कोक काइ–अनले भने,‘राक्षसले समेत यस्तो कार्य गर्दैन।’

उनका अनुसार बाघले समेत आफ्नो बच्चा खाँदैन्। यी व्यक्ति राक्षसभन्दा खत्तम भएको उनको भनाइ रहेको छ।

प्रहरीका अनुसार पीडित किशोरीमा मनोवैज्ञानिक समस्याहरु देखिएका छन्। उनलाई मनो परामर्शको खाँचो भएको बताइएको छ। एससीएमपी

जेठ १८, २०७६, शनिबार
Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors