शनिबार उनीहरु गिरफ्तार भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
दुईवटा लुटपाटका घटनामा यिनीहरु संलग्न भएका थिए।
गत महिना नोभेम्बर ३ मा माई पो लुङको लोक मा चाउस्थित पेट्रोल स्टेसनमा उनीहरुले ४ लाख १० हजार बराबरको सामग्री लुटपाट गरेका थिए।
त्यस्तै उनीहरुले लोकमा चाउको कु तुङ रोडमा चक्कु देखाउँदै १ लाख ३० हजार हङकङ डलर लुटेका थिए।
पछिल्लो समय हङकङमा लुटपाट र डकैतीका घटना बढ्न थालेको देखिएको छ।
हङकङमा नोभेम्बर महिनामा नै एक महिला व्यापारीको घरमा लुटपाट भएको थियो।
उक्त लुटपाटमा संलग्न ९ जना गिरफ्तार हालै भएका छन्।
गत महिना २५ वर्षकी व्यापारी सो मिन–यान, उनका ६ महिनाका छोरा र उनको घरमा काम गर्ने घरेलु कामदारालाई लुटेराहरुले घरभित्रै बाँधेर लुटपाट गरेका थिए।
सो क्रममा एक करोड हङकङ डलर बराबरको सामग्री चोरी भएको थियो।
प्रतिक्रिया