हङकङबासीले कोरोनाविरुद्धको खोप निशुल्क पाउने, सिनोभ्याक र फाइजरको खोप मगाइयो

हङकङबासीले कोरोनाविरुद्धको खोप निशुल्क पाउने, सिनोभ्याक र फाइजरको खोप मगाइयो

नेपालखबर
मंसिर २७, २०७७ शनिबार ९:२६,

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले यहाँका सबै बासिन्दालाई निशुल्क खोप लगाइने शनिबार घोषणा गरेकी हुन्।

हङकङको जनसंख्या ७५ लाखभन्दा बढी छ। सरकारको घोषणअनुसार अब यी सबैलाई कोरोनाविरुद्धको खोप निशुल्क प्रदान गरिनेछ।

हङकङले चिनियाँ कम्पनी सिनोभ्याक र अमेरिकी कम्पनी फाइजरको गरी १ करोड ५० लाख डोज खोप मगाएको पनि साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

लामले शनिबार मध्यान्न सिनोभ्याक र फाइजरसँगै अर्को एक औषधि निर्माता कम्पनीसँग पनि हङकङले सहकार्य गर्न लागेको जानकारी दिइन्।

खोपको आगमनपछि हङकङको जीवनशैली लयमा फर्किने लामको आशा छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .