हङकङमा आन्दोलनपछि सामुद्रिक आँधीको त्रास

हङकङमा आन्दोलनपछि सामुद्रिक आँधीको त्रास

मगेन्द्र राई
साउन १५, २०७६ बुधबार ७:३५,

केही सातायता निरन्तर सडक आन्दोलनले तातेको हङकङलाई बुधबार सामुद्रिक आँधीले छोप्ने भएको छ।

हङकङको मौसम विभाग पूर्वानुमान साखाले बुधबार ताइफुन सिग्नल नम्बर ८ जारी गरेपछि आन्दोलनले त्रसित मानिसहरू सतर्क देखिएका छन्।

विभागले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार हङकङबाट ५०० किलोमिटर दक्षिणी क्षेत्रबाट आँधी चल्न शुरु भएकाले यो हङकङ र चीनको दक्षिणी ग्वान्डोङ प्रान्त हुँदै बहने अनुमान छ।

आँधिको गति र बहने दिशाको अनुमान गर्दै मंगलबार राती र बुधबार बिहानसम्म आँधीको सिग्नल नम्बर ३ हुने बताउँदै विभागले होशियारी अपनाउन आग्रह गरेको छ।

सामुद्रिक आँधीका् कारण बुधबार मेघ गर्जनका साथ भारी वर्षा हुने अनुमान छ। बुधबारको तापक्रम २६.२९ डिग्री छ।

ताइफुन सिग्नल नम्बर ८ शक्तिशाली आँधीको संकेत हो। उक्त समय स्कुल, कार्यालय, यातायात, पसल लगायत बन्द गरिन्छ। सिग्नल नम्बर ९ र १० लाई बिनाशकारी मानिन्छ। सन् २०१८ सेप्टेम्बरमा आएको सिग्नल नम्बर १० आँधी माङ्खुटले हङकङमा अर्बौं डलर बराबरको क्षति पुर्याएको थियो।

यो बर्ष ७ वटासम्म आँधी आउने मौसम तथा जलवायु विज्ञान बिभागले बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .