हङकङ सुरक्षा कानुनको विषयमा स्थापित टिपलाइनमा एक हप्तामै दश हजार सन्देशहरु

हङकङ सुरक्षा कानुनको विषयमा स्थापित टिपलाइनमा एक हप्तामै दश हजार सन्देशहरु

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार १२:९,

यस कानुन अनुसार हङकङबासीले मुख्य क्षेत्र चीनको राष्ट्रिय झण्डा, राष्ट्रिय गान विरोधी गतिविधि गर्न पाउँदैनन् साथै उनीहरुले हङकङ अलग्याउने गतिविधि गर्न पाउँदैनन्।

यदी यो कानुन उल्लंघन भए उनीहरुलाई अपराधी ठहर गरिनेछ र कारवाही अगाडि बढाइनेछ।

हङकङ सरकारले नयाँ राष्ट्रिय सुरक्षा कानुन उल्लंघन भएको देखेमा त्यो विषय जानकारी गराउन नयाँ टिपलाइन स्थापना गरेको छ।

उक्त टिपलाइनमा गएको एक हप्तामै १० हजारभन्दा बढी सन्देशहरु आएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

टिपलाइन स्थापना भएपछि हङकङमा चीन विरोधी गतिविधि तथा अराजक गतिविधि नियन्त्रणमा आउने विश्वास व्यक्त गरिएको छ।

हङकङ प्रहरीका अनुसार टिपलाइनमा हरेक दिन १४ सय म्यासेजहरु आइरहेका छन्। अधिकारीहरुका अनुसार कतिपय म्यासेजहरु दोहोरिएर आएका छन्।

टिपलाइनमा कानुन उल्लंघन गरेको जानकारी गराउने व्यक्तिको नाम गोप्य राखिने बताइएको छ।

यसअघि गतवर्षको सेप्टेम्बर महिनामा पनि हङकङमा ‘हिंसाविरुद्धको हटलाइन’ स्थापना गरिएको थियो। त्यसबेला हिंसात्मक गतिविधि भएका ३ हजार सन्देश हरेक दिन प्राप्त हुन्थे।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .