हङकङमा बस्ने करिब ३० लाख जनतालाई बेलायती नागरिकताको लागि प्रस्ताव गर्ने आफ्नो योजना पुष्टि गरेपछि चीनले शनिबार बेलायतलाई गल्ती सच्याउन भन्दै चेतावनी दिएको हो।
पहिले बेलायती उपनिवेश रहेको क्षेत्र हङकङमा चीनले राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि गत जुलाईमा मात्र बेलायतले हङकङ छाड्न चाहनेलाई आफ्नो नागरिकता दिने बताएको थियो।
सन् १९९७ मा हङकङलाई बेलायतले चीनको स्वामित्वमा बुझाएको थियो। तर त्यसबेला चीनले हङकङलाई ५० वर्ष स्वतन्त्र रुपमा छाड्नुपर्ने विषयमा बेलायतसँग सम्झौता गरेको थियो।
५० वर्ष पुरा नहुँदै चीनले त्यस्तो कानुन लागू गर्नू सम्झौता विपरित भएको विज्ञहरु बताउँछन्। चीनले बेलायतलाई हङकङको विषय आन्तरिक मामिला रहेकाले हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ। बीबीसी
प्रतिक्रिया