हङकङको युनलोङमा प्रदर्शन नियन्त्रण गर्न ३००० दंगा प्रहरी

हङकङको युनलोङमा प्रदर्शन नियन्त्रण गर्न ३००० दंगा प्रहरी

मगेन्द्र राई
साउन ११, २०७६ शनिबार १२:३८,

गत आइतबार हङकङको युनलोङ रेल स्टेसनमा भएको आक्रमणको बिरोधमा शनिबार प्रदर्शन भएको छ।

प्रहरीले प्रदर्शन गर्न स्वीकृति नदिएपनि आयोजकले त्यसको अवज्ञा गर्दै कार्यक्रम आयोजना गरेपछि शनिबार युनलोङमा ३००० दंगा प्रहरी परिचालन गरिएको छ।

शनिबार अपरान्ह २ः४५ बजे २०० बढी प्रदर्शनकारी सुइ पिन चुन खेलमैदानमा भेला भएसँगै आसपासका पसलहरु बन्द भएका थिए। करिब ३ः४५ बजेतिर सुरु भएको जुलुस आइतबार रेल स्टेसनमा आक्रमण गर्ने सेतो टिसर्टधारी रहने स्थान नाम पिङ वाई तर्फ बढेको थियो।

जुलुस तितरवितर गर्न प्रहरीले अश्रु ग्यास फालेका थिए भने आन्दोलनकारीले प्रहरीको भ्यान तोडफोड गरेका छन्। आन्दोलनकारी इँटा, छाता लिएर प्रहरीमाथि जाइलागेपछि अश्रु ग्यास हान्न बाध्य भएको प्रहरीको भनाइ छ।

Yunglong2

साँझपख आन्दोलनकारी साई पिन वाईमा एकत्रित भएका छन्। दंगा प्रहरीले पहेँलो झन्डा उठाएर उक्त स्थान नछाडे अश्रु ग्यास प्रहार गर्ने चेतावनी दिएको छ।

नेपालीको बाक्लो वस्ती रहेको यो क्षेत्रमा हिजोबाट नै हिंसात्मक दंगा हुन सक्ने त्रासले प्रायः मानिस घरको कोठाभित्र नै बसेका छन्। प्रदर्शनस्थल नजिकै बसोबास गर्ने स्वस्थकर्मी ईन्द्र थेगिमले सपरिवार कोठाभित्रै रहेको बताइन।

‘घर बाहिरको स्थिति तनावग्रस्त भएकाले निस्कन जोखिम छ, घरमै बसेर टेलिभिजनबाट बाहिरको अवस्थाबारे जानकारी लिइरहेका छौं’, थेगिमले भनिन्, ‘यो बखत कोठाबाट बाहिर नजान म युनलोङ बस्ने सबैलाई सुझाव दिन्छु।’

Yunglong3

युनलोङमै बस्ने तिलक सोमे मगरले राती ९ बजेतिर झडप हुन सक्ने हल्ला सुनेको बताए। निर्माण क्षेत्रमा काम गर्ने उनले शनिबार १२ बजेपछि नै सबैले छुट्टी पाएको बताए।

हङकङस्थित नेपाली महावाणिज्य दूतावास र नेपाली संघसंस्थाहरूले तटस्थ र सुरक्षित रहन सुझाव दिएकाले पनि युनलोङका नेपाली आन्दोलन भइरहेको ठाउँमा निकै कम मात्र गएको उनले बताए।

आन्दोलनकारीले एक लाख मानिस प्रदर्शनमा उत्रेको दाबी गरेपनि सडकमा त्यसको आधाजस्तो मात्रै देखिएको तिलकको अनुमान छ।

Yunglong5
Yunglong6
Yunglong7
Yunglong4

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .