हङकङवासी यी नेपाली खेलाडीले नेपाल सरकारबाट पाए ‘प्रबल जनसेवा श्री’

हङकङवासी यी नेपाली खेलाडीले नेपाल सरकारबाट पाए ‘प्रबल जनसेवा श्री’

मगेन्द्र राई
असोज ४, २०७७ आइतबार २:३३,

चार दशकभन्दा लामो समयदेखि हङकङलाई कर्मथलो बनाई खेलकुद तथा परोपकारी क्षेत्रमा क्रियाशील तुल्सीकुमार गुरुङलाई नेपाल सरकारले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट सम्मान गरेको छ।

तेक्वान्दो खेलमार्फत विश्वस्तरमा नेपाल र नेपालीको गरिमा उच्च बनाउन अतुलनीय योगदान पुर्याएको तथा परोपकारी क्षेत्रमा प्रशंसनीय काम गरेको भनेर नेपाल सरकारले संविधान दिवसका अवसरमा असोज ३ गते गुरुङलाई उक्त सम्मान प्रदान गरेको हो।

tulsi2

अन्तर्राष्ट्रिय क्षेत्र बाटसमेत सम्मान पाइसकेका तेक्वान्दोका आठौं डन ‘ग्रान्डमास्टर’ गुरुङलाई अहिले साथीभाइ, आफन्त, शुभचिन्तकबाट बधाईको ओइरो लागेको छ। मातृभूमिप्रति समर्पित भएर गरेको कामलाई नेपाल सरकारले बुझिदिएको भन्दै उनले नेपालखबरसँग खुसी प्रकट गरे।

‘सबैतिरबाट बधाईको ओइरो लाग्दा मातृभूमिका लागि राम्रै काम गरेछु भन्ने महसुसले केही भावुक पनि भएको छु, आफ्नै देशको सरकारले कामको मूल्यांकन गरिदिएकोमा खुसी लागेको छ,’ खेलाडी गुरुङले भने, ‘यो खुसी मेरा परिवार, शुभचिन्तक, तेक्वान्दो टिम, वि विल राइज तथा सम्पूर्ण हङकङवासी नेपालीबीच बाँड्न चाहन्छु।’

उक्त सम्मानले विदेशमा बसेर मातृभूमिका लागि मेरिमेट्नेहरूलाई थप उत्साहित बनाएको उनले बताए।

ग्रान्डमास्टर गुरुङको पुख्र्यौली घर नेपालको पोखरामा छ। दर्जनौं खेलका ज्ञाता गुरुङ तेक्वान्दोका विशेषज्ञ हुन्। हङकङ नेप्लिज तेक्वान्दो एसोसिएसनका संस्थापक अध्यक्ष उनले यहाँ प्रमुख प्रशिक्षकका भूमिकासमेत निर्वाह गरिसकेका छन्।

tulsi3

सन् २०१५ मा उनले तेक्वान्दोमार्फत खेलकुदको सर्वाेच्च सम्मान ‘हल अफ फेम’बाट समेत प्राप्त गरिसकेका छन्। गुरुङ खेलकुदसँगै लामो समयदेखि परोपकारी कार्यमा पनि उत्तिकै सक्रिय छन्।

२०७२ मा नेपालमा गएको महाभूकम्पपछि ‘वि विल राइज फाउन्डेसन’ स्थापना गरी उनी समाजसेवा एवं परोपकारी कार्यमा थप सक्रिय भएका हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .