लामले उनीहरु लोकतन्त्र समर्थक नभएको बताएकी छिन्। लोकतन्त्र पक्षधर मानिसहरलाई हङकङ सरकारले अनावश्यक रुपमा पक्राउ गर्न थालेपछि ती १२ व्यक्तिहरु ताइवान भागेको चर्चा सुरु भएपछि लामको प्रतिक्रिया आएको हो।
लामले उनीहरु लोकतन्त्र समर्थक नभएको र उनीहरुले कानुन उल्लंघन गरेकाले मुख्यक्षेत्र चीनमा न्यायको सामना गर्नुपर्ने मंगलबार बताएकी छिन्।
ती १२ व्यक्तिका परिवारले भने आफ्ना छोराछोरीले चीनमा नभएर हङकङमै ल्याएर न्यायिक प्रक्रिया सुरुवात गर्नुपर्ने माग गरेका छन्।
हङकङका अधिकारीहरुले ती व्यक्तिहरुले गम्भीर अपराध गरेर ताइवान भाग्न खोजेको आरोप लगाएको छ।
ताइवान भाग्दै गर्दा चिनियाँ समुन्द्री क्षेत्रमा प्रवेश गरेपछि ती व्यक्तिहरुलाई चिनियाँ सेनाले पक्राउ गरेको थियो। अवैधानिक रुपमा चिनियाँ भूमिमा प्रवेश गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो।
यसैबीच ताइवान भाग्दै गर्दा पक्राउ परेका ती १२ जना हङकङका नागरिकलाई चीनले अलगाववादी भनेको छ।
गत आइतबार चीनको विदेशमन्त्रालयकी प्रवक्ता हुवा चनयिङले ती नागरिकहरु हङकङलाई चीनबाट अलग गर्ने चाहने व्यक्तिहरु भएको बताएकी हुन्।
चीनका अनुसार हङकङमा चीनविरुद्ध गतिविधि गर्नेहरु यतिबेला धमाधम समुन्द्रको बाटो हुँदै ताइवान भाग्न थालेका छन्।
यतिबेला ताइवान भाग्न खोज्नेका परिवारले चीनबाट आफ्ना मानिस छुटाउन हङकङ सरकारसँग आग्रह गरिरहेका छन्।
यद्यपी हङकङले भने चिनियाँ सेनाले १२ नागरिक नियन्त्रणमा लिएको विषयमा हस्तक्षेप नगर्ने बताएको छ। मुख्य क्षेत्र चीनले गरेको कार्यको आफूले सम्मान गर्ने हङकङले बताएको हो। एजेन्सी
प्रतिक्रिया