शनिबार एक जनाको मृत्यु भएसँगै यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या सय पुगेको हो।
यसैबीच आजै हङकङमा थप १३ नयाँ संक्रमित थपिएका छन्। नयाँ संक्रमितमध्ये ९ संक्रमित स्थानीयस्तरबाटै संक्रमित बनेको र पाँचको स्रोत पत्ता नलागेको बताइएको छ।
अन्य ४ संक्रमित भने फिलिपिन्स, भारत र रुसबाट फर्किएका व्यक्ति हुन्।
यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ४ हजार ९३९ पुगेको छ। हालसम्म ४६ सय भने उपचारपछि स्वस्थ बनेर घर फर्किएका छन्। एससीएमपी
प्रतिक्रिया