३४ वर्षका सुरक्षा गार्डको घाँटी रेटिनुका साथै उनीमाथि कयौंपटक चक्कु प्रहार भएको छ।
चुन क्वान ओको एमटीआर स्टेसनमा रहेको एटीएमभित्र सुरक्षा गार्ड अचेत भेटिएका थिए। उनलाई तत्काल अस्पताल लगिएको थियो।
एससीएमपीका अनुसार चुन क्वान ओ हस्पिटलमा उपचाररत उनको मृत्यु भएको बताइएको छ।
सुरक्षा गार्डकै पूर्व सहकर्मीले मंगलबार अपरान्ह ४ बजेर ४८ मिनेटमा उनीमाथि आक्रमण गरेको प्रहरीले बताएका छन्।
अधिकारीहरुका अनुसार सुरक्षा गार्डका अन्य दुई साथी एटीएम मेसिनका सामग्री बोकिरहेको समयमा ती पूर्व सहकर्मी घटनास्थल आइपुगेका थिए।
उनले अन्धाधुन्ध चक्कु प्रहार गरेपछि प्रहरीले तत्काल त्यहाँ आएर आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।
घाइतेलाई अस्पताल पनि लगियो तर चोट गहिरो रहेका कारण उनको ज्यान भने जोगिन सकेन।
व्यक्तिगत विवाद र रिसिबीका कारण यस घटना भएको बताइएको छ।
प्रतिक्रिया