हङकङमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिए, भयावह अवस्था निम्तने खतरा!

हङकङमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिए, भयावह अवस्था निम्तने खतरा!

नेपालखबर
साउन १५, २०७७ बिहिबार ९:१,

आज १ सय ५० नयाँ कोरोना संक्रमितहरु थपिएको साउथ चाइना मर्निङपोस्टले जनाएको छ।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले शहरमा कोरोनाको अवस्था भयावह बन्ने खतरा भएको बताएकै भोलिपल्ट यहाँ हालसम्मकै धेरै संक्रमित थपिएका हुन्।

लामले बुधबार कोरोना भाइरसको प्रभाव खतरातर्फ उन्मुख भएको चेतावनी दिँदै भाइरसले समुदायस्तरमै प्रभाव पार्ने भएकाले यसले शहरको स्वास्थ्य प्रणालीलाई नै चुनौती दिनसक्ने बताएकी थिइन्।

यसअघि विज्ञहरुले पनि कोरोनाको तेस्रो लहर खतरनाक भएको प्रतिक्रिया जनाउँदै आएका थिए। कोरोनाविरुद्धको उपायहरु खुकुलो बनाउँदा यहाँ संक्रमितहरु तीव्र गतिमा बढेका हुन्।

लगातार ९ दिनसम्म सयभन्दा बढी संक्रमित थपिइरहँदा हङकङमा कोरोनाविरद्धको उपायहरु कडा बनाइएको छ।

यहाँ मास्क अनिवार्य लगाउनुपर्ने बाध्यकारी नियम लागू गरिएको छ। यस नियम नमान्नेले ५ हजार हङकङ डलर जरिवाना तिर्नुपर्ने हुन्छ।

यस्तै हङकङमा होटल तथा रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध लगाइएको छ भने फरक घरका दुई जनाभन्दा बढी भेट्न नपाइने नियम लागू गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .