हङकङमा दैनिक संक्रमित बढ्दै, सोमबार ५० जनामा कोरोना पुष्टि

हङकङमा दैनिक संक्रमित बढ्दै, सोमबार ५० जनामा कोरोना पुष्टि

नेपालखबर
असार २९, २०७७ सोमबार ८:५७,

आइतबार मात्र हङकङमा ५३ संक्रमितहरु भेटिएका थिए। सोमबार फेरि ५० जनामा कोरोना पुष्टि भएको एससीएमपीले जनाएको छ।

यससँगै हङकङमा कोरोना संक्रमितको संख्या १४ सय ७१ पुगेको छ। संक्रमितमध्ये ७ को मृत्यु भएको छ।

नयाँ संक्रमितमध्ये ३० प्रतिशतको संक्रमणको स्रोत पत्ता लगाउन नसकिने स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

विज्ञहरुले हङकङमा कोरोनाको तेस्रो लहर देखिएको बताइरहेका छन्।

आइतबार मात्र हङकङ युनिभर्सिटी अफ मेडिकल स्कुलका प्राध्यापक ग्याब्रिएल लिउङले हङकङका प्रत्येक एक संक्रमितले अन्य चार जनामा कोरोना भाइरस फैल्याउने चेतावनी दिएका थिए।

कोरोना भाइरस झन् खतरनाक बनेकाले आवश्यक सावधानी नअपनाए शहरमा ठूलो स्वास्थ्य चुनौती सिर्जना हुने उनको भनाइ थिया।

उनका अनुसार हङकङमा ५० देखि ६० संक्रमितलाई पहिचान गर्न सकिएको छैन र उनीहरुले कोरोना भाइरस हङकङभर फैल्याउन सक्छन्।

त्यसैले फेरि चुस्त परीक्षण गरिनु पर्ने उनको सुझाव रहेको थियो। गतहप्ताको बुधबारदेखि हङकङमा नयाँ संक्रमितहरु देखिन थालेका हुन्।

गत बुधबार हङकङमा २६ संक्रमित भेटिएका थिए भने बिहीबार ३४, शुक्रबार ३८ र शनिबार पनि २० जनाभन्दा बढी संक्रमित भेटिएका थिए।

विज्ञहरुले यतिबेला हङकङमा कोरोनाविरुद्धको उपायमा पुनः कडाई गर्न सुझाव दिइरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .