बोरिस जोन्सन भन्छन्ः हङकङका ३० लाख बासिन्दालाई बेलायत ल्याउन तयार छौं

बोरिस जोन्सन भन्छन्ः हङकङका ३० लाख बासिन्दालाई बेलायत ल्याउन तयार छौं

नेपालखबर
असार १८, २०७७ बिहिबार ७:२९,

हङकङका नागरिकले विरोध गर्दागर्दै उक्त कानुन लागू भएको हो। यसबीचमा बेलायतले हङकङका ३० लाख बासिन्दालाई बेलायत ल्याउन तयार भएको बताएको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हङकङका तीस लाख बासिन्दालाई बेलायतमा बसोबास गर्न र अन्ततः नागरिकताको निम्ति आवदेनको अधिकार दिने बताएका हुन्।

हङकङ पहिले बेलायती उपनिवेश थियो। बेलायतले हङकङ सन् १९९७ चीनलाई हस्तान्तर गर्दा ५० वर्ष स्वतन्त्रता प्रदान गर्न भनेको थियो।

त्यसयता हङकङमा एक देश दुई प्रणाली लागू भएको छ। नयाँ सुरक्षा कानुन ल्याएर चीनले २३ वर्षमै हङकङको स्वतन्त्रता खोसेको बेलायती आरोप छ।

यसबीचमा बेलायतले आफ्नो पुरानो उपनिवेशका बासिन्दालाई बेलायती नागरिक बनाउने प्रस्ताव गर्न लागेको हो।

प्रधानमन्त्री जोनसनले नयाँ सुरक्षा कानुनले हङ्कङको स्वतन्त्रा उल्लङ्घन गरेको बताउँदै त्यसबाट प्रभावित हुने बासिन्दालाई त्यहाँबाट निस्किने बाटो खुला गरिदिने बताएका छन्।

जोनसनका अनुसार करिब तीन लाख ५० हजार ब्रिटिश राहदानी भएका र अन्य २६ लाख मानिस पाँच वर्षको निम्ति ब्रिटेन जान पाउने छन्।

त्यसको एक वर्षपश्चात् नागरिकताका लागि उनीहरूले आवेदन दिन पाउने छन्।

हङ्कङका ब्रिटिश राहदानी भएकाहरूलाई सन् १९८० को दशकमा विशेष हैसियत प्रदान गरिएको थियो। बीबीसी

यो पनिः हङकङमा सुरक्षा कानुन लागू भएकै दिन प्रदर्शन, १८० गिरफ्तार, प्रहरीले हाने रबरका गोली

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .