बेइजिङद्वारा प्रस्तावित कानुनको समर्थन गर्दै लामले भनिन्ः हङकङमा बाहिरी हस्तक्षेप स्वीकार्य छैन

बेइजिङद्वारा प्रस्तावित कानुनको समर्थन गर्दै लामले भनिन्ः हङकङमा बाहिरी हस्तक्षेप स्वीकार्य छैन

नेपालखबर
जेठ १३, २०७७ मंगलबार ८:११,

चीनले हङकङका लागि प्रस्ताव गरेको सुरक्षा कानुनले राज्यद्रोह, विद्रोह र राज्य विभाजन, राज्य विध्वंशमा प्रतिबन्ध लगाउनेछ।

प्रस्तावित कानुन पारित भए हङकङमा चीन विरोधी गतिविधि गर्न पाइनेछैन।

मुख्य क्षेत्र चीनले हङकङका लागि कानुन प्रस्ताव गरेयता हङकङमा केहि दिनयता मुख्य क्षेत्र चीन र हङकङ सरकारको विरोध भइरहेको छ।

स्वतन्त्रता गुम्ने खतरा भएकोभन्दै हाल आन्दोलन जारी छ। आन्दोलनकारीले कानुन पारित भए देशको अर्थतन्त्र पनि धरापमा पर्ने चिन्ता व्यक्त गरिरहेका छन्।

मंगलबार लामले नागरिकहरुलाई सम्बोधन गर्दै बेइजिङद्वारा प्रस्तावित कानुनले हङक«ङको स्वतन्त्रतामा कुनै असर नगर्नेमा ढुक्क हुन आग्रह गरिन्।

साथै उनले पश्चिमा लोकतान्त्रिक मुलुकमा पनि यस्तै सुरक्षा कानुन लागू भएको र यस कानुनले विदेशीलाई लगानी गर्न हतोत्साहित नगर्ने बताइन्।

लामले प्रस्तावित कानुनलाई यो कानुन पालना गर्ने मानिसहरुलाई जोगाउने जिम्मेवार कदम भएको बताइन्। उनले देशको आन्तरिक मामिलामा बाहिरी हस्तक्षेप भइरहेको संज्ञा दिँदै त्यस्ता कार्यलाई हङकङले स्थान नदिने बताइन्।

सोमबारमात्र चीनले प्रस्ताव गरेको सुरक्षा कानुनले आतंकवादलाई रोक्ने हङकङका सुरक्षा प्रमुख जोन लिले बताएका थिए।

लिले भनेका थिए,‘शहरमा आतंकवाद बढिरहेको छ जसले राष्ट्रिय सुरक्षालाई चुनौती दिइरहेको छ। स्वतन्त्र हङकङको नाममा आन्दोलन व्यापक चर्किरहेको छ।’

लिका अनुसार गतवर्ष सरकारविरुद्धको प्रदर्शनका क्रममा बम बिस्फोट गराइएको थियो, प्रहरीमाथि पेट्रोलबम प्रहार भएको थियो। हतियारधारी समूह सक्रिय भएकाले तिनलाई नियन्त्रण गरिनुपर्ने लि बताउँछन्। एजेन्सी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .