पशु तस्करीको प्रयास गरेको आरोपमा हङकङ भन्सारले एक महिलालाई पक्राउ गरेको छ।
भन्सारका अधिकारीहरूले शनिबार लोकमा चाउ स्पर लाइन चेकपोइन्टबाट उनलाई पक्राउ गरेका हुन्। उनले कागजको झोलामा ती जनावार बोकेकी थिइन्।
जहाँ, एक/एक वटा चिन्चिला, मुसा, ह्याम्स्टर, चिनी ग्लाइडर र तीन वटा गिनी पिग बोकिएका थिए। आइतर तस्करीबारे जानकारी दिने क्रममा भन्सारका प्रवक्ताले भने, ‘अनुमतिबिना हङकङमा जनावर आयात अपराध हो, यो कुरा सबैले बुझिदनु पर्छ।’
पक्राउ परेकी महिलालाई थप अनुसन्धानका लागि कृषि तथा मत्स्यपालन विभाग पठाइएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडियाले जनाएका छन्।
57
Shares

प्रतिक्रिया