हङकङमा नेपाली खेलाडीको शानदार ‘किक’: चिनियाँ खेलाडीलाई हराउँदै जिते १० स्वर्ण

हङकङमा नेपाली खेलाडीको शानदार ‘किक’: चिनियाँ खेलाडीलाई हराउँदै जिते १० स्वर्ण

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १३:५, काठमाडौँ

हङकङ र चिनिया खेलाडीबीच हुने तेक्वान्दो प्रतियोगितामा यो वर्ष फोरनर्स हङकङ तेक्वान्दो एशोसिएनमा आबद्ध हङकङबासी नेपाली खेलाडीले २० पदक जितेका छन्। नेपालीहरूले १० गोल्ड र १० वटा सिल्भर मेडल जितेका हुन्।

'द फेस्टिभल अफ तेक्वान्दो स्पोर्टस् २०२६' प्रतियोगितामा कूल २० नेपाली खेलाडी सहभागी थिए। 

‘यसमा चीन र हङकङ दुवैतर्फका खेलाडी सहभागी हुन्छन्। प्रत्येक वर्ष हाम्रो क्लब सहभागी हुँदै आएको छ’, एसोसिएशनका निर्देशक चेतन गुरुङले नेपालखबरसँग भने, ‘नेपाली समुदायको हाम्रो क्लबले मात्र प्रत्येक वर्ष भाग लिँदै आएका छ। मै कोच थिएँ, मेरो छोरा नोयल गुरुङसहित दश जनाले गोल्ड मेडल जितेकोमा मलाई गर्व छ। त्यो थप  १० शिल्वर मेडल पनि नानीहरूले जित्न सफल भए।’

यस पटक खेल सुरु हुनुभन्दा अगाडि आयोजकले एक जना नेपाली खेलाडीको प्रतिस्पर्धीको नाम परिवर्तन गरिदिएका थिए। खेलाडी नायल कुनै गुनासो नगरी मैदानमा उत्रिए, चिनियाँ खेलाडीलाई हराउँदै गोल्ड मेडल जित्न सफल भए।

यी शाखामा तेक्वान्दो सिक्नेमा नेपाली बाहेक चिनियाँ, श्रीलंकन, बंगलादेशी, पाकिस्तानी, फिलिपिनो, भारतीय पनि छन्। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भने एशोसिएनले नेपाली विद्यार्थीलाई मात्र पठाउने गरेको छ। आइतबार भएको खेलमा क्लबका २० जना नानीहरु सहभागी थिए।

तेक्वान्दोका गुरुहरु मिलेर सन् २००४ मा स्थापना गरेको एशोसिएसन नाफा नकमाउने क्लब हो। हाल एशोसिएशनमा अध्यक्ष उत्तरसेयर राई, उपाध्यक्ष मेघ गुरुङ र निर्देशक चेतन गुरुङ छन्। ‘हामी गुरुहरु मिलेर हङकङका विभिन्न ठाउँमा यसका शाखा पनि खोलेका छौँ। सबै ब्रान्चमा गरी करिब–करिब ३०० खेलाडी छन्’, निर्देशक चेतनले नेपालखबरसँग भने।

यी हुन् मेडल जित्नेहरू

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .