हङकङ : १ जनाको अप्रिय निर्णयले होटलमा रहेका अन्य ७ जना घाइते

हङकङ : १ जनाको अप्रिय निर्णयले होटलमा रहेका अन्य ७ जना घाइते

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १९:५६, हङकङ

हङकङको वानचाइस्थित होटल इन्डिगोको २९औँ तलाबाट हाम फालेकी एक अमेरिकी महिलाको मृत्यु भएको छ भने भुइँ तलामा रहेका अन्य सात जना घाइते भएका छन्। घाइतेमध्ये एक जना गम्भीर रहेको स्थानीय मिडियाले जनाएका छन्।

अमेरिकी राहदानी बोकेकी ६६ वर्षीया महिलाले गलत निर्णय लिँदा उनको त ज्यान गयो नै अन्य सात जनाले पनि सास्ती बेहोर्नु परेको छ। 

प्रहरी स्रोतलाई उल्लेख गर्दै समाचार लेखिएअनुसार, गलत निर्णय लिने महिला डिप्रेसनबाट गुज्रिरहेकी थिइन् र पछिल्लो समय उनले औषधि सेवन त्यागेको देखिएको छ। उनी वानचाइको क्वीन्स रोड इस्टमा रहेको होटल इन्डिगोमा पतिसँग बसिरहेकी थिइन्।

पति सोमबार बिहान डाक्टरलाई भेट्न होटलबाट निस्केको बेला उनी स्विमिङ पुलमा गई फाल हानेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

घटनापछि पोक फुलामस्थित क्वीन मेरी अस्पताल लगिएको उनलाई सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो।

घटनाको बेला भुइँ तलामा रहेका चिनियाँ र अमेरिकी सहित अन्य सात जना घाइते भएका हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .