हङकङ प्रहरीले १.७ मिलियन हङकङ डलरभन्दा बढीको नक्कली यात्रा बीमा दाबीमा ९ जनालाई पक्राउ गरेको छ।
हङकङ प्रहरीले १७ लाख हङकङ डलरभन्दा बढीको नक्कली कागजात बनाइ यात्रा बिमा दाबी गर्ने ९ जनालाई पक्राउ गरेको छ।
प्रहरी बलले बिहीबार जानकारी गराएअनुसार दाबीकर्ताहरूले हवाई टिकट, होटल बिल र विदेशी अस्पतालहरूबाट मेडिकल रिपोर्ट लगायतका विभिन्न नक्कली कागजात पेस गरेका हुन्।
‘विदेश यात्रा गर्दा घाइते भएको देखाउन र बिमा कम्पनीहरूबाट चिकित्सा खर्च दाबी गर्न यो गरिएको थियो, जबकि उनीहरूले कहिल्यै हङकङ छोडेका थिएनन्,’ व्यावसायिक अपराध ब्युरोका वरिष्ठ निरीक्षक लाम होले भने।
यो कसुरमा बुधबार ठगी र ठगीको षडयन्त्र गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा २५ देखि ६८ वर्ष उमेर समूहका ६ जना पुरुष र तीन जना महिला छन्।
उनीहरूले गतवर्ष अप्रिल र नोभेम्बरको बीचमा धेरै पटक भियतनाम, जापान, इटाली र सिंगापुर लगायतका देशमा यात्रा गरेको झुटो दाबी पेस गरेका थिए।
Shares

प्रतिक्रिया