साढे २ वर्षको अवधिमा तीन सन्तान जन्माउने हङकङका २० जोडी प्रत्येकले हङकङ डलर ६० हजार बच्चा बोनस प्राप्त गरेका छन्।
हङकङ सरकारले तीन वर्षे योजनाअनुरुप अक्टोबर २०२३ मा बच्चा बोनस कार्यक्रम ल्याएको थियो। यो योजनाअनुरुप बोनस वितरणका लागि हङकङ डलर २.२८ अर्ब छुट्याएको थियो। तर, सरकारले छुट्याएको उक्त बजेट योजना सकिन ६ महिना मात्र बाँकी रहँदा ६० प्रतिशत पनि खर्च हुन सकेको छैन।
आगामी अक्टोबरमा समाप्त हुने उक्त योजनाको गएको फेब्रुअरीसम्ममा ५७.५ प्रतिशत अर्थात् १.३१ अर्ब हङकङ डलर मात्र खर्च भएको छ।
साढे दुई वर्षअघि सुरु भएको यो योजनाले नवजात शिशुका योग्य अभिभावकलाई एक पटकको हङकङ डलर २०,००० बोनस प्रदान गर्ने गर्दछ।
यसका लागि निश्चित मापदण्ड तोकिएका छन्। जस्तै– बच्चा हङकङमा जन्मेको हुनुपर्छ र आवेदनको समयमा उक्त शिशुको अभिवभावकमध्ये कम्तीमा एक जना हङकङको स्थायी बासिन्दा हुनु पर्छ।
सहरमा जन्मदर बढाउने उद्देश्यले सरकारले यो योजना ल्याएको थियो। यसको प्रभावकारिता योजना समाप्त भएपछि आउला नै। यद्यपि, सरकारी तथ्याङ्कमा देखिएअनुसार २०२६ को पहिलो दुई महिनामा भने सहरमा दर्ता गरिएको जन्मदर २०२५ को सोही अवधिको तुलनामा २० प्रतिशतले घटेको छ।
यो तथ्यांकले भने आशाभन्दा निराशा थपेको युवा समूहका एक नेतालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ। यो गिरावटले युवामाझ बच्चा जन्माउनु आशा र आनन्दको सट्टा तनाव र त्यागको भावना देखिएको उनले पोस्टलाई बताएका छन्।
Shares

प्रतिक्रिया