पछिल्ला दिन हङकङको पदमार्गमा दुर्घटना बढिरहेका छन्। पछिल्लो समय चुनमुनको क्यासल पिकमा एक व्यक्ति भिरबाट खसेका छन्। उनको हेलिकप्टरबाट खोजी भइरहेको छ।
डेढ हप्ताअघि मात्र एक हप्तामा भएका दुई वटा दुर्घटनामा दुई जनाको ज्यान गएको थियो। उनीहरू दुवै जनाको पदयात्राका क्रममा लडेर मृत्यु भएको थियो।
२६ जनवरी (१२ माघ) मा सिउमा सानको पार्कर एभिन्यु नजिकै पदयात्रीको लडेर मृत्यु भएको थियो भने त्यसको एक हप्ता अघि १२ जनवरी (२८ पुस) मा चीनको सिमानामा रहेको रोबिन्स नेस्ट कन्ट्री ट्रेलमा पनि लडेर पदयात्रीको ज्यान गएको थियो।
आज भएको दुर्घटनामा पनि समाचार तयार पारिन्जेलसम्म पदयात्रीको अवस्था अज्ञात छ। दिउँसो १२:१० बजे उनका साथी र अन्य पदयात्रीले प्रहरीलाई रिपोर्ट गरेअनुसार उनी रुखको हाँगामा झुन्डिएर गुहार मागिरहेका थिए। त्यसपछि खसे र बेपत्ता भए।
उनको खोजी कार्यका लागि प्रहरी र अग्निनियन्त्रकहरू घटनास्थलमा छन् भने सरकारी उडान सेवाले पनि खोजी गरिरहेको द स्ट्यान्डर्डले जनाएको छ।
Shares

प्रतिक्रिया