ताइवानबाट हङकङ उडेको जहाज पौने घण्टामा उहीँ अवतरण, भएको के थियो?

ताइवानबाट हङकङ उडेको जहाज पौने घण्टामा उहीँ अवतरण, भएको के थियो?

हङकङका लागि उडेको क्याथे सीएक्स४४९ उडान भरेको केही समयमै ताइवान फर्किएको थियो (ह्यान्डआउट)


नेपालखबर
माघ १८, २०८२ आइतबार १४:२८, हङकङ

आइतबार बिहान हङकङका लागि उडेको क्याथे प्यासिफिकको उडान गन्तव्य नपुगी ताइवान नै फर्किएको छ।

ताइवानबाट उडान भरेको केही समयपछि नै सीएक्स४४९ को उडान काओसुङ फर्किएको हो। जसबाट झन्डै दुई सय यात्रु प्रभावित हुन पुगेका छन्।


क्याथे प्यासिफिकका प्रवक्तालाई पुष्टि गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख गरेअनुसार  अनभिज्ञ ‘प्राविधिक समस्या’ का कारण प्रस्थान गरेको केही समयपछि प्लेन ताइवान फर्केको हो।

क्याथेले आइतबार बिहान ७:४६ बजे काओसुङबाट उडान भरेको थियो। तर केही समयमै युटर्न लिएको जहाज पौनै घण्टामै ८:२६ बजे उहीँ अवतरण भएको थियो।

प्राविधिक समस्या देखिएको क्याथेको उक्त विमान २०२ सिट क्षमता भएको एयरबस ए३२१एनऐओ हो।

फिर्ता भएको विमानबाट ओर्लिएका यात्रुलाई अन्य उडानहरूमा व्यवस्थापन गरिएको र विमानको निरीक्षण भइरहेको क्याथेका प्रवक्ताले बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .