हङकङको ताइपो आगलागी: ठेकदारसँग बाँकी ज्याला माग गर्दै कामदारको विरोध प्रदर्शन

हङकङको ताइपो आगलागी: ठेकदारसँग बाँकी ज्याला माग गर्दै कामदारको विरोध प्रदर्शन

बाँकी ज्याला पाउनुपर्ने माग गर्दै ठेकदार कम्पनीविरुद्ध कामदारहरूले विरोध प्रदर्शन गरेका छन् (ह्यान्डआउट)


नेपालखबर
माघ १४, २०८२ बुधबार १४:३४, हङकङ

हङकङको ताइपो आगलागी प्रभावित कामदारहरूले ठेकदारसँग बाँकी ज्याला माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

गत नोभेम्बरमा ताइपोको वाङफुक कोर्टका आठ आवासीय भवनमध्ये सात वटामा भीषण आगलागी भएको थियो। १६८ जनाको ज्यान जाने गरी आगलागी भएको उक्त भवनहरूमा पुन:निर्माणको काम भइरहेको थियो।

सोही कार्यमा संलग्न कामदारहरूले आफूहरूको बाँकी ज्याला भुक्तानी गर्नुपर्ने मागसहित बुधबार प्रदर्शन गरेका छन्।

यहाँस्थित पोकफु लामको बागुइओ भिल्ला बाहिर झन्डै १५ जना कामदारले ब्यानर बोकेर उभिएका हुन्। उनीहरूले आफ्नो बाँकी ज्याला भुक्तान हुनुपर्ने नारा समेत लगाएका छन्।

कामदारहरू बिहान ९ बजेतिर त्यहाँ पुगेर नारा लगाएका हुन्। स्थानीय मिडिया साउथ चाइना मर्निङ पोस्टले हङकङ निर्माण उद्योग कर्मचारी जनरल युनियनलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार ठेकदारीसँग सम्बन्धित प्रेस्टिज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले कामदारहरूलाई लाखौँ डलर बराबरको केही महिनाको तलब दिन बाँकी छ।

कामदारको विरोध प्रदर्शनपछि उक्त स्थानको सुरक्षाका निम्ति प्रहरी परिचालन गरिएको थियो।

आगलागीमा परेको वाङफुक कोर्ट अनुदान प्राप्त आवासीय सम्पत्ति हो। नोभेम्बर २६ को उक्त आगलागीमा मृत्यु हुनेहरू ६ महिनादेखि ९८ वर्षसम्मका छन्। जसमा ५८ पुरुष र ११० महिला हुन्।

यो आगलागी हङकङमा दशकौँपछिको घातक हो। पछिल्लो तथ्यांकअनुसार आगलागीमा जिम्मेवार देखिएका ३० बढी व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरूमाथि  हत्या, ठगी, भ्रष्टाचारलगायतका आरोप छन्।

यो आगलागीमा आगो नियन्त्रण गर्ने क्रममा एक अग्नि नियन्त्रकको समेत ज्यान गएको थियो भने केही घाइते भए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .