हङकङमा गायक लावतीले ल्याए एकसाथ दुई म्युजिक भिडियो

हङकङमा गायक लावतीले ल्याए एकसाथ दुई म्युजिक भिडियो

सन्तोष तामाङ
असार २४, २०७६ मंगलबार १२:३१,

 लिम्बु तथा नेपाली लोक आधुनिक गीतका गायक कमानध्वज लावती लिम्बु एकसाथ दुई म्युजिक भिडियो लिएर आएका छन्।

नेपाली र लिम्बू भाषामा दुई म्युजिक भिडियो संग्रहे ‘आकांक्षा’ र ‘मिम्जिरे’ आइतबार हङकङ जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा सार्वजनिक गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि दिनेश सुब्बाले गायक लावतीलाई आफ्नैँ जातीय तथा नेपाली गीत संगीतमा राम्रो काम गरेको भन्दै प्रशंसा गरे। उनले हङकङको ब्यस्त जीवनका बीच पनि नेपाली लोक संगीतको क्षेत्रमा केही गर्छु भनेर लावती लागिपरेको बताए।

उनका गीतले गाँउघर र नेपालीपनको झलक दिएको र भिडियो नै बनेपछि अझ जीवन्त बनेकोसमेत उनको भनाइ थियो।

देश, परदेश, गाउँघर र नेपाली परिवेशलाई समेटेर तयार गरिएको एल्बम आकांक्षाले भने हङकङको जनजीवनको प्रतिनिधि गर्नेछ। ‘स्टार फेरि सरर, तिमीसँग घुम्ने रहर’ बोल गीतको रचना र संगीत गायक शाक्तिम योङ्याले गरेका छन्।

म्युजिक भिडियो छायांकन हङकङको सुन्दर रमणीय स्थान सेक्को बीच क्षेत्र, स्टार फेरि आसपासमा हङकङको चर्चित झ्याप फोटो स्टुडियो द्वारा छायांकन गरिएको हो। युगल पोमो लिम्बुको निर्देशन रहेको ‘स्टार फेरि सरर’ भिडियोमा स्थानीय तन्नेरी मोडेल तथा कलाकारहरु आसन पाङ्मा लिम्बु र रेष्मा सम्बाहाङ्फे लिम्बुले अभिनय गरेका छन् भने शीतल चोङ्बाङ, कृष्टिना थापा मगरले पनि अभिनयमा साथ दिएका छन्। लामो समयको प्रयासपछि तयार यी दुर्इ म्युजिक भिडियोको छायँकन हङकङ र नेपालमा गरिएको छ।

याक्थुङ स्वर समुहका संयोजक काजीमान मास्वाको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा किराँत याक्थुङ् चुम्लुङका अध्यक्ष कोमल कुमारी असली वनेम, आयोजक याक्थुङ आर्टिस सोसाइटीका संयोजक श्याम इङ्नाम,सम्मान इन्जिनियरिङ कम्पनीमा कार्यरत नेपालीहरुको उपस्थिति थियो भने अन्य संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी र साहित्यकारहरुको व्यापक सहभागिता थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .