हङकङमा लगातार तीन दिन संक्रमित भेटिएनन्, क्वारेन्टिन खुकुलो बनाउने पक्षमा सरकार

हङकङमा लगातार तीन दिन संक्रमित भेटिएनन्, क्वारेन्टिन खुकुलो बनाउने पक्षमा सरकार

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार १२:५,

आइतबार, सोमबार र मंगलबार लगातार तीन दिन नयाँ कोरोना संक्रमित नभेटिएको हङकङको स्वास्थ्य विभागले जनाएको छ।

हाल हङकङमा एक हजार ३७ जना कोरोना संक्रमित पुष्टि भएका छन्। यीमध्ये चारजनाको मृत्यु भएको छ भने ८ सय ११ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

हङकङमा पछिल्लो समय कोरोनाको प्रभाव घट्दै जान थालेपछि सरकारले यतिबेला अनिवार्य क्वारेन्टिनको नियम खुकुलो बनाउने योजना ल्याएको छ।

हङकङकी स्वास्थ्यमन्त्री सोफिया चानले मंगलबार हङकङमा कोरोनाको प्रभाव धेरै हदसम्म नियन्त्रणमा आइसकेको बताउँदै क्वारेन्टिनको नियम केही समूहमा लागू नगरिने जानकारी दिइन्।

चानले चीनबाट हङकङ अध्ययनका लागि दैनिक आउजाउ गर्ने मानिसहरु, पर्यटकहरु र हङकङसँग दैनिक व्यापार गर्ने चिनियाँहरुलाई क्वारेन्टिनमा नराखिने योजना आफूहरुले बनाइरहेको बताइन्।

यसअघि हङकङ प्रवेश गर्न चाहने सबैलाई हङकङ सरकारले अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्दै आएको थियो। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .