हङकङमा आइतबार कोरोना संक्रमित भेटिएनन्

हङकङमा आइतबार कोरोना संक्रमित भेटिएनन्

नेपालखबर
बैशाख १४, २०७७ आइतबार १२:१९,

हङकङको स्वास्थ्य विभागका अनुसार आइतबार कोरोना संक्रमित नभेटिएकाले सरकारको पत्रकार सम्मेलनको समेत आयोजना गरेन।

गत शुक्रबार र सोमबार पनि हङकङमा शुन्य संक्रमित भेटिएका थिए। हालसम्म हङकङमा एक हजार ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जसमध्ये चार जनाको मृत्यु भएको छ भने ७५३ उपचारपछि स्वस्थ बनेका छन्।

विदेशबाट आउने पर्यटकले हङकङमा कोरोना भित्र्याएपछि सरकारले विदेशी पर्यटकका लागि तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ।

यद्यपी हङकङले विदेशबाट आफ्नो नागरिक भने फर्काइरहेको छ।

हाल हङकङमा विदेशबाट फर्किने सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ।

हङकङमा कोरोना भाइरस ‘कोभिड १९’ को त्रासपछि लगाइएको प्रतिबन्ध गतहप्ताको बिहीबारदेखि थप १४ दिनको लागि बढाइएको छ।

बिहीबार होटल, जिमखान, ब्युटी पार्लर, पब, बार लगायतका मानिसहरु जमघट हुने स्थान खुला हुनुपर्ने थियो।

साथै चारजना भन्दा बढी एक स्थानमा हुन नहुने र व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्नुपर्ने नियम पनि सोही समयमा सम्पन्न हुँदै थियो।

यद्यपी कोरोना माहामारीको त्रास अझै नटरेकाले दुई हप्ता प्रतिबन्ध बढाइएको हङकङकी कार्यकारी प्रमुख क्यारी लामले गत मंगलबार बताएकी थिइन्।

प्रतिबन्धका नियमहरु मे ७ सम्म लागू हुनेछ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .