हङकङमा रगासा आँधी : चाँडो घर फर्केर सुरक्षित बस्न सरकारको आग्रह, साढे २ बजे टी८ संकेत जारी हुने

हङकङमा रगासा आँधी : चाँडो घर फर्केर सुरक्षित बस्न सरकारको आग्रह, साढे २ बजे टी८ संकेत जारी हुने

प्रमुख कार्यकारी जोन लीले सुपर टाइफुन रगासाको लागि सुरक्षा सीमा बढाइएको बताएका छन् (ह्यान्डआउट)


नेपालखबर
असोज ७, २०८२ मंगलबार ११:१६, हङकङ

शक्तिशाली आँधी रगासाबाट बच्न हङकङ सरकारले सर्वसाधारणलाई चाँडो घर फर्केर सुरक्षित बस्न आग्रह गरेको छ।

रगासा नाम दिइएको यो सुपर टाइफुन २३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हङकङतर्फ अघि बढिरहेको र अपरान्ह १२ बजेसम्म सहरबाट ४२० किलोमिटरको दूरीमा रहेको भन्दै अब्जर्भेटरीले दिउँसो २:२० बजे टाइफुन संकेत नम्बर ८ जारी गर्ने तयारी समेत गरेको छ।

हाल टी३ लागू रहेको संकेतलाई परिस्थितिको मूल्यांकन गर्दै अब्जर्भेटरीले टी८मा स्तरोन्नति गर्ने तयारी गरेको हो। यो संकेत बुधबार बिहानसम्म लम्बिन सक्ने अब्जर्भेटरीले जनाएको छ।

दिउँसो टी८ लागू हुने हुँदा लामो तथा कठिन यात्रा र बाहिरी टापुहरूमा भएका सर्वसाधारणलाई घर फर्कने यात्रा सुरु गरिहाल्न सरकारले अनुरोध गरेको हो।

मङ्‌गलबार प्रमुख कार्यकारी जोन लीले रगासाको लागि सुरक्षा सीमाको पूर्ण तयारीमा सरकारको लागिपरेको बताएका थिए।

यसै क्रममा लीले बिग्रँदो मौसम, भारी वर्षा र आँधीबेहरीले खतरापूर्ण परिस्थिति निम्त्याउन सक्ने भन्दै सरकारको प्राथमिक लक्ष्य ‘हङकङका सबै मानिसको सुरक्षा सुनिश्चित गर्नु’ रहेको बताएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .