गएको हप्ता एक सातासम्म झरी र वर्षापछि उघ्रिएको हङकङमा हिजोदेखि पुन: मौसम बिग्रिएको छ।
पोडुल आँधी हङकङतर्फ नजिकिँदै गर्दा यहाँ वर्षा र हावाहुरी चलेको हो। बिहीबार अब्जर्भेटरीले कालो र रातो वर्षा चेतावनी नै जारी गरिसकेको छ। यो सहित यस वर्ष ब्ल्याक रेन (कालो वर्षा) चेतावनी जारी गरिएको यो पाँचौँ पटक हो।
यस खराब मौसमका बीच हङकङका उडान पनि प्रभावित भएका छन्। क्याथे प्यासिफिक एयरवेजका मात्र २२ उडान रद्द भएका छन्। एयरवेजले शुक्रबारका १३ र शनिबारका ९ उडान रद्द गरेको जनाएको छ।
रद्द गरिएकामध्ये अधिकांश क्षेत्रीय उडान हुन्।
231
Shares

प्रतिक्रिया