हङकङका उडानमा बेला-बेला यात्रुबीच झगडा भएको भिडिओ सामाजिक सञ्जालतिर आइरहन्छन्।
यस्तै घटना शुक्रबार हङकङ-सियोल उडान एचएक्स६२८ मा फेरि घट्यो। यो घटनामा हङकङ एयरलाइन्सले चार यात्रुलाई लिखित चेतावनी नै जारी गर्यो भने कोरियाली कानुन प्रवर्तन अधिकारीहरूलाई सचेत गरायो।
उडानहरूमा किन भइरहेको छ त बारम्बार झगडा? पर्यवेक्षकहरूले यसको खोजी गरेका छन्। जसमध्ये साँघुरो सिट, सीमित ठाउँ, खुट्टा राख्ने ठाउँको अभाव, तनाव उत्पन्न गर्ने बोर्डिङ प्रक्रिया आदि कुरा कारकको रूपमा निस्के।
अझ यति मात्र होइन, केही पर्यवेक्षकले त यसको कारणमा सामाजिक सञ्जाल पनि दोषी रहेको औँल्याए।
सामाजिक सञ्जालको ‘नक्कल गर्ने प्रवृत्ति’तर्फ पर्यवेक्षकले उक्त कुरा औँल्याएका हुन्। मानिसहरूले अनलाइनमा देखेका विघटनकारी व्यवहार र आक्रामक प्रतिक्रियाको नक्कल गर्ने क्रममा पनि यस्ता घटना बारम्बार दोहोरिएको तर्फ उनीहरूले इंगित गरेका हुन्।
शुक्रबारको घटनाबारे कुरा गर्नुपर्दा, सञ्जालतिर भिडिओमा देखिएअनुसार मन्डारिन बोल्ने एक पुरुष र एक महिलाले क्यान्टोनिज बोल्ने जोडीसँग बहस गरिरहेका हुन्छन् र उडान परिचारिकाहरूले झगडा मिलाउने प्रयास गरिरहेका देखिन्छन्।
Shares

प्रतिक्रिया