हङकङका अभिनेता ज्याकी ह्युङमाथि मुद्दा दायर, क्यासिनोको ठूलो रकम नतिरेको आरोप

हङकङका अभिनेता ज्याकी ह्युङमाथि मुद्दा दायर, क्यासिनोको ठूलो रकम नतिरेको आरोप

श्रीमती बी हेडेनका साथ अभिनेता ज्याकी ह्युङ (तस्बिर : गेटी इमेजेज्‌/एएफपी)


नेपालखबर
असार ३१, २०८२ मंगलबार १८:५४, हङकङ

हङकङका अभिनेता तथा मोडेल ज्याकी ह्युङमाथि मकाउ क्यासिनोले मुद्दा दायर गरेको छ। गएको डिसेम्बरमा गेमिङ हबको भ्रमणका क्रममा लिएको ऋणमध्ये १४ लाख हङकङ डलर नतिरेको आरोपमा अभिनेतामाथि मुद्दा दायर गरिएको हो।

हङकङ जिल्ला अदालतमा दायर गरिएको रिटमा एमजीएम ग्रान्ड प्याराडाइजले अभिनेता ह्युङले १ डिसेम्बर २०२४ मा एमजीएम मकाउ र एमजीएम कोटाई क्यासिनो होटलका सञ्चालकबाट २० लाख हङकङ डलर ऋण लिएको र उक्त पैसालाई बेटिङ चिप्समा रूपान्तरण गरेको बताएको छ।

ऋणको सर्तअनुसार, ह्युङले उक्त रकम सोही दिन फिर्ता गर्नुपर्ने थियो।

तर कम्पनीले लगाएको आरोपअनुसार, ४० वर्षीय अभिनेता ह्युङले केही पैसा मात्र फिर्ता गरेका थिए। कम्पनीको दाबीअनुसार उनले अझै पनि क्यासिनोलाई हङकङ डलर १४ लाख तिर्न बाँकी छ।

सम्झौतामा क्यासिनोले चुक्ता मितिसम्म १८ प्रतिशत वार्षिक ब्याज लिन सक्ने पनि उल्लेख भएको कम्पनीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

जुलाई ३ मा दायर गरिएको रिटमा, डिसेम्बरदेखि हालसम्म अभिनेताको लागतमा थप हङकङ डलर ६,६३० पनि थपिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .