हङकङमा घरबाट सडकमा खसेर एक जनाको मृत्यु

हङकङमा घरबाट सडकमा खसेर एक जनाको मृत्यु

नेपालखबर
असार २२, २०७६ आइतबार १०:३१,

 हङकङमा आवसीय भवनबाट खस्दा एक जनाको मृत्यु भएको छ।

आइतबार बिहान हङकङको २२ नम्बर जोर्डन रोडस्थित आवासीय भवनबाट खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

प्रत्यक्षदर्शीले ती व्यक्ति सो भवनको आठौँ तल्लाबाट खसेको खसेको हुन सक्ने बताएका छन्।

भवनबाट खसेका ती व्यक्ति जेब्राक्रसमा परेका थिए। घटनास्थलमा प्रहरीले ‘कर्डअफ’ गरेका थिए। मृत्यु हुने व्यक्तिको नाम र ठेगना खुलेको छैन। प्रत्यक्षदर्शीले ती व्यक्ति पाको उमेरका भएको बताएका छन्।

66113858 644701215942189 4665719773617717248 n

घटनापछि लामो समयसम्म सो शव सडकमै वर्षादीले छोपेर राखिएको थियो। शव मध्यान्ह १२ः ५० शवबहानमार्फत हटाइएको हो।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धान जारी रहेका कारण आत्महत्या वा कर्तव्य ज्यान के हो भन्ने बताउन समय लाग्ने प्रहरीले जनाएको छ।

सो क्षेत्र नेपालीहरुको बाक्लो बस्ती भएको क्षेत्र हो।

त्यस्तै गत शनिबार साझ ९ बजे युनलोङस्थित होप चोई स्ट्रिटमा १७ वर्षीय युवा छुरा प्रहार बाट मृत्यु भएको छ। छुरा प्रहार गर्ने समूहमा १० जना रहेको र उनीहरुको खोजी कार्य तीव्र पारिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .