हङकङ : निर्माणस्थलबाट तामाको तार चोरीका २ आरोपी पक्राउ

हङकङ : निर्माणस्थलबाट तामाको तार चोरीका २ आरोपी पक्राउ

नेपालखबर
असार १७, २०८२ मंगलबार १२:२४, हङकङ

हङकङको क्वुनतङमा रहेको एक निर्माणस्थलबाट तामाको तार र औजार चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान पौने ४ बजे दुई पुरुषलाई शंकास्पद गतिविधिमा फेला पारेपछि निर्माणस्थलका सुरक्षा गार्डले प्रहरीलाई खबर गरेका थिए।

साउमाउ पिङको ११-१५ अनयु रोडमा रहेको उक्त निर्माणस्थलमा प्रहरी पुगेपछि भने उनीहरू भागेका थिए। त्यसपछि खोजी कार्य गरेको प्रहरीले उनीहरूलाई ३२ झोला तामाको तार र अन्य औजारसहित पक्राउ परेका थिए।

स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार आरोपीहरूसँग दुईतर्फी प्रवेश अनुमतिपत्र रहेको छ। जुन कागजातले मुख्यभूमि चीनका बासिन्दालाई हङकङ र मकाउ यात्रा गर्न अनुमति दिन्छ।

पक्राउ परेका ४७ र ४९ वर्षका दुई पुरुष थप अनुसन्धानका लागि अहिले प्रहरीको हिरासतमा छन्।

गएको मार्चमा पनि साउकेई वानको पार्कबाट झन्डै १०० मिटर तामाको पानीको पाइप चोरी भएको थियो। त्यतिबेला प्रहरीले कसैलाई पक्राउ गर्न सकेको थिएन।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .