हङकङ विमानस्थलबाट १ करोड २० लाख डलर बराबरको लागूऔषधसहित महिला पक्राउ

हङकङ विमानस्थलबाट १ करोड २० लाख डलर बराबरको लागूऔषधसहित महिला पक्राउ

नेपालखबर
असार १५, २०८२ आइतबार १८:४३, हङकङ

क्यानडाबाट उडान भरेर हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका २८ वर्षीया एक महिला ठूलो परिमाणको लागूऔषधसहित पक्राउ परेकी छन्।

क्यानडाको भ्यानकुभरबाट आएकी ती महिलाको सुटकेस खानतलासी गर्दा १३ किलो ‘आइस’ र १६ किलो गाँजा फेला परेको लागूऔषध ब्युरोका इन्स्पेक्टर एनजी का वाईलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बरामद सामानको अनुमानित सडक मूल्य १ करोड २० लाख हङकङ डलर (१.५ मिलियन अमेरिकी डलर) भएको प्रहरीले जनाएको छ।

इन्स्पेक्टर एनजीले आइतबार जानकारी गराएअनुसार, पक्राउ परेकी २८ वर्षीया महिला अहिले प्रहरीको हिरासतमा छन्। उनलाई सोमबार वेस्ट काउलुन अदालतमा उपस्थित गराइनेछ।

ती महिलालाई लागूऔषध तस्करको गिरोहले प्रयोग गरेको अनुमान प्रहरीको छ। प्रहरी बलले लागूपदार्थ ओसारपसार विरुद्ध आफ्नो शून्य सहनशीलता दोहोर्‍याउँदै यस्ता गतिविधिमा संलग्न जोकोहीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .