हङकङमा रेल सेवामा २० प्रतिशत छुटको घोषणा

हङकङमा रेल सेवामा २० प्रतिशत छुटको घोषणा

मगेन्द्र राई
चैत २७, २०७६ बिहिबार २:४८,

हङकङ भूमिगत रेल सेवा संचालन गर्दै आएको एमटीआर कर्पोरेशनले हङकङ बासीका लागि आगामी जुलाईबाट २० प्रतिशत भाडा घटाउने घोषणा गरेको छ।

कोरोना प्रकोपका कारण आर्थिक कठिनाई झेलिरहेका नागरिकको सुविधाको लागि लागू भएको यो नियम ६ महिनासम्म कायम रहने कम्पनीले जनाएको छ।

एयरपोर्ट एक्सप्रेस बाहेक अन्य सबै रेलमा यात्रा गर्दा अक्टोपस कार्ड प्रयोगकर्ताले उक्त छुट पाउनेछन्। त्यसको अतिरिक्त ‘मासिक यात्रा पास’ खरिद गर्ने सबै यात्रुले ६ महिनासम्म सय डलर कम मूल्यमा किन्न पाउनेछन्।

92953706 542843793014845 1699939942563577856 n

नागरिकलाई यो छुट दिँदा एक अर्ब साठी करोड डलर राजस्व घाटा हुने सरकारले जनाएको छ। उक्त घाटा सरकार र रेल कम्पनीले संयुक्त रूपमा बेहोर्ने सहमति भएको छ।

रेल कम्पनीले यो राहत प्याकेजलाई विशेष छुट भएको दाबी गरेको छ। ६ महिने राहत प्याकेज हालको भाँडा समायोजन संयन्त्र भन्दा फरक रहेको कम्पनीले जनाएको छ।

तर, राहत प्याकेज कम भएको भन्दै केहीले असन्तुष्टि जनाएका छन्। सार्वजनिक यातायात र उपयोगिताको अनुगमन गठबन्धनका संयोजक रिचर्ड सोईले यो घोषणाप्रति असन्तुष्टि व्यक्त गरे।

‘कम्पनीले ५० प्रतिशत छुट दिएको भए राम्रो हुने थियो,’ उनले भने, ‘किनभने, यहाँ बर्तमानको भाडादर नै उच्च छ। त्यसैले ३० देखि ५० प्रतिशतसम्म छुट दिएको भए सर्बसाधारणले यो घोषणाको स्वागत गर्ने थिए।’

केही महिना अघिसम्म चलेको सरकार बिरोधी आन्दोलनका क्रममा रेल स्टेसनमा तोडफोड र आगजनी हुँदा एक अर्ब साठी करोड डलर भन्दा बढी को क्षति भएको थियो।

हङकङमा रेल सेवा सर्बाधिक बिश्वसनिय र भरपर्दो मानिन्छ। झन्डै ५० लाख नागरिकले यहाँ दैनिक रेल सेवा प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .