हङकङमा बिल्डिङबाट खसेर बाँचेकी नेपाली महिला लागू पदार्थ कारोबारमा पक्राउ

हङकङमा बिल्डिङबाट खसेर बाँचेकी नेपाली महिला लागू पदार्थ कारोबारमा पक्राउ

मगेन्द्र राई
चैत २५, २०७६ मंगलबार २:५२,

हङकङमा बिल्डिङबाट खसेर घाइते अवस्थामा क्वीन एलिजावेथ अस्पतालमा उपचार गराइरहेकी नेपाली महिलालाई प्रहरीले अवैध रुपमा लागू पदार्थ राखेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ।

आइतबार साँझ प्रहरीले छापा मार्दा भाग्ने क्रममा बिल्डिङको तेस्रो तलाबाट खसेका दुई जना नेपाली महिलामध्ये एकको मृत्यु भएको छ भने अर्की क्वीन एलिजावेथ अस्पतालमा उपचाररत छिन्। उनीहरू रहेको स्थानबाट प्रहरीले लागू पदार्थ बरामद गरेको छ।

मोङककस्थित रिक्लामेसन स्ट्रिटको एक बिल्डिङको पहिलो तलाबाट खसेर आइतबार साँझ दुई नेपाली महिला घाइते भएका थिए। कतिपय स्रोतहरूले उनीहरू दिदिबहिनी रहेको पनि जनाएका छन्।

घाइते दुई महिलामध्ये करिब ४० वर्षीय महिला गर्भवती थिइन्, जसलाई नजिकैको क्वङवा अस्पताल लगिएको थियो। त्यहाँ आपतकालीन अप्रेसनबाट ७ महिनाको छोरालाई जन्म दिएको केही बेरपछि सोमबार बिहान करिब ४ः१५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

गम्भीर अवस्थामा रहेको बच्चाको सोही अस्पतालमा उपचार भइरहेको छ।

जोर्डनस्थित क्वीन एलिजावेथ अस्पताल लगिएकी अर्की २७ वर्षीय महिलाको अवस्था भने स्थिर रहेको र उपचार भइरहेको जनाइएको छ।

प्रहरीले दुवै महिला नेपाली मूलका रहेको बताएपनि उनीहरूको पूर्ण परिचय नखुलेको जनाएको छ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार प्रहरीले लागू औषध प्रयोग गरिने स्थानहरूमा छापा मार्ने क्रममा संदिग्ध ती महिलाहरु भाग्न खोज्दा बिल्डिङबाट खसेका हुन्। प्रहरीले उनीहरू रहेको स्थानबाट हेरोइन र मिडाजोलम बरामद गरेको छ।

क्वीन एलिजावेथ अस्पतालमा उपचाररत महिलालाई अवैध लागू औषध राखेको र परिचय पत्र देखाउन असफल भएको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

हङकङस्थित नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले यो घटनाबारे मिडियाबाट थाहा पाएपनि प्रहरीबाट औपचारिक जानकारी आइनसकेको बताए।

‘मिडियामा नेपाली भनेर किटानीका साथ उल्लेख भएको हुँदा दूतावासको ध्यानाकर्षण भएको छ’, भट्टराईले भने, ‘हामीले घटना भएको भोलिपल्ट नै हङकङ प्रहरीलाई वास्तविकता जानकारी गराउन माग गरेका छौं। प्रहरीले हाम्रो पत्र स्वीकार गरिसकेको छ, संभवतः चाँडै थप जानकारी आउला।’

मोङकक क्षेत्रका नेपालीहरूका अनुसार यो घटनास्थल वरपर दक्षिण एशियाली मुलका लागू पदार्थ दुर्ब्यसनीहरु प्रायः जमघट भइरहन्छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .