लामो समयपछि भरिए हङकङका फिल्म हल, तङ्ग्रिएला त सिने जगत्‌?

लामो समयपछि भरिए हङकङका फिल्म हल, तङ्ग्रिएला त सिने जगत्‌?

शनिबार हङकङका फिल्म हल ८३ प्रतिशतसम्म भरिएका थिए (एससीएमपी)


नेपालखबर
बैशाख २८, २०८२ आइतबार १५:२०, हङकङ

हङकङ चलचित्र दिवसका अवसरमा हङकङका फिल्म हलले ८३ प्रतिशतसम्म अकुपेन्सी दर हासिल गरेका छन्। जुन पछिल्लो तीन वर्षको उच्चतम दर हो। यसले हङकङको सिने उद्योग तङ्ग्रिनेमा सरोकारवालाहरू आशावादी देखिएका छन्।

हङकङमा रहेका जम्मा ५६ हलमध्ये ५३ वटामा ८३ प्रतिशतसम्म सिट भरिएका हुन्। जसले टिकट दरमा छुट दिँदै ३० हङकङ डलर प्रस्ताव गरेका थिए।

पछिल्लो समय सहरका सिनेमा घर धमाधम बन्द भइरहेका बेला सिनेमा दिवसका दिन शनिबार भने दर्शकको आशातीत उपस्थिति देखिएको हो। यस दिन झन्डै दुई लाख दर्शकले हलसम्म पुगेर चलचित्रको आनन्द लिएका छन्।

हङकङ थिएटर एसोसिएसनले आइतबार प्रस्तुत गरेको तथ्यांकले शनिबार १ लाख ९४ हजार ७५५ मानिस सिनेमा हल पुगेको देखाएको हो। एसोसिएसनका अनुसार यो अघिल्लो सालको भन्दा तीन गुणा बढी हो। त्यसो त चलचित्र दिवसका अवसरमा शनिबारको शोका लागि हलहरूले टिकटमा छुट दिएका थिए।

कोभिड १९ महामारीपछि हङकङका सिनेमा घरको अवस्था राम्रो छैन। एसोसिएसनकै तथ्यांकअनुसार सन् १९९४ मा ११२ सिनेमा घर रहेको हङकङमा यसको ३१ वर्षपछि ५६ मा सीमित हुन पुगेको छ। जसमा ६ वटा सिनेमा घर त अघिल्लो साल मात्रै बन्द भए।

फिल्म हलले सबैभन्दा धेरै क्षति बेहोरेको चाहिँ कोभिडकै समयमा हो। यो महामारीको चपेटाबाट तङ्‌ग्रिन नपाउँदै सोही समयमा तीव्र रूपमा विकसित भएका डिजिटाइजेसन माध्यमले यस उद्योगलाई थप थला पार्न मद्दत पुर्‍याएका थिए।

नेटफ्लिक्स र डिज्नी प्लस जस्ता स्ट्रिमिङ प्लेटफर्महले प्रयोगकर्तालाई आकर्षित गर्न थालेपछि सिनेमा घरप्रति मानिसको आकर्षणलाई ओरालो गतिमा हुत्याइदियो।

हुनत: गएको वर्ष पनि दुई हिट फिल्म ‘द लास्ट डान्स’ र ‘ट्वाइलाइट अफ द वारियर्स : वाल्ड इन’ले भीडलाई सिनेमाघरहरूमा फिर्ता ल्याएका थिए। तर, यो दिगो रूपमा टिक्न सकेन। आशा गरौँ, यस पटक सिनेमा दिवसले फिर्ता ल्याएका दर्शकलाई हङकङको सिने जगत्‌ले टिकाइराख्न सकोस्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .