८ वर्षयता पहिलोपटक एसियाका शीर्ष ५० मध्ये परे हङकङका ६ विश्वविद्यालय

८ वर्षयता पहिलोपटक एसियाका शीर्ष ५० मध्ये परे हङकङका ६ विश्वविद्यालय

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १७:२०, काठमाडौँ

आठ वर्षयता पहिलोपटक एसियाका शीर्ष ५० मध्ये हङकङका ६ विश्वविद्यालय परेका छन्। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार सन् २०१७ यता हङकङका ६ विश्वविद्यालय यस सूचीमा परेका हुन्। 

यीमध्ये पनि दुईवटा पुराना शैक्षिक संस्था शीर्ष १० भित्रै अटाएका छन्। 

बिहीबार ‘२०२५ टाइम्स हाइअर एजुकेसन एसिया युनिभर्सिटी र्‍यांकिङ’ बिहीबार प्रकाशित भएको हो। यो सूचीको ५०औँ वरीयता बापटिस्ट युनिभर्सिटीले प्राप्त गरेको छ। गत वर्ष यो विश्वविद्यालय ६३औँ स्थानमा थियो। 

हङकङमा ६ विश्वविद्यालयले यसअघि सन् २०१६ र २०१७ मा मात्र शीर्ष ५० मा स्थान बनाएका थिए। त्यतिखेर बाप्टिस्ट ४४औँ र ४९औँ वरीयतामा थियो। त्यसपछि भने उक्त विश्वविद्यालयले निकै तलको वरीयता पाइरहेको थियो। 

‘हङकङले यस वर्षको सूचीमा बलियो उपस्थिति जनाएको छ। दुईवटाले शीर्ष १० मै स्थान बनाएका छन्। यीमध्ये युनिभर्सिटी अफ हङकङ छैठौँ स्थानमा रहँदा चाइनिज युनिभर्सिटी अफ हङकङ नवौँ स्थानमा छ’, टाइम्स हाइअर एजुकेसनले भनेको छ। 

द हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एचकेयूएसटी)ले १२औँ स्थान, पोलिटेक्निक युनिभर्सिटी (पोलीयू)ले १९औँबाट १८औँ स्थान लिएको छ। 

शीर्ष ५० मा अटाएकामध्ये सिटी युनिभर्सिटी (सिटीयू)को मात्रै एक स्थान खस्किएर १६औँ स्थानमा पुगेको छ। 

मूलभूमि चीनको सिंगुआ युनिभर्सिटी यो सूचीमा लगातार सातौँपटक पहिलो स्थानमा रहनपुग्दा पेकिङ युनिभर्सिटी पनि लगातार छैठौँ वर्ष पनि दोस्रो स्थानमै पर्न सफल भएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .